२ श्रावण २०८३, शनिबार
,
Latest
मुक्ति घोषणा भएको चार वर्षः हरवाचरवा समुदाय पहिचानबाट वञ्चित ‘रोल नं १’ ५१औँ प्रदर्शनको दिनमा प्रवेश स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओटीटीमा दर्शकको हिसाबले ‘एनिमल’ले रेकर्ड तोड्यो



अ+ अ-

एजेन्सी । ‘एनिमल’ले एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । फिल्मले नेटफ्लिक्स टप १० पिक्समा लगातार ६ हप्तासम्म सबैभन्दा धेरै हेरिएका चलचित्रहरूमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

यो उल्लेखनीय उपलब्धि भूषण कुमारद्वारा निर्मित र सन्दीप रेड्डी वाङ्गाद्वारा निर्देशित फिल्मले विश्वभरका दर्शकहरूबाट प्राप्त गरेको अपार लोकप्रियता र सकारात्मक प्रतिक्रियाको प्रमाण हो ।

‘एनिमल’लाई पहिलो हप्तामा असाधारण ६.२ मिलियन दर्शकहरूले हेरेका थिए । नेटफ्लिक्समा १.९ मिलियन भ्यूका साथ डंकी र ४.९ मिलियन भ्यूका साथ ुसालारु लाई एनिमलले पछि पारेको हो । जहाँ दोस्रो हप्तामा ‘एनिमल’ले ५.५ मिलियन भ्युज पाएको छ भने फेरी एक पटक क्रमशः ४.२ मिलियन र १९ मिलियन भ्युजका साथ ‘डंकी’र ‘सालार’ लाई पछि पार्दै हप्तादिनै दर्शकलाई आकर्षित गर्ने सफलतालाई निरन्तरता दिइरहेको छ ।

पहिलो साता ६ देशमा शीर्ष १० मा रहनु, दोस्रो साता १७ देशमा विस्तार भएको र नौ देशमा बलियो उपस्थिति कायम राख्नु फिल्मको प्रशंसनीय छ ।

‘एनिमल’ ले भारतीय बक्स अफिसमा कीर्तिमानी कमाई गरेको छ । भूषण कुमार द्वारा निर्मित र सन्दीप रेड्डी वांगा द्वारा निर्देशित यो फिल्म २०२३ को सबैभन्दा कमाई गर्ने फिल्म बनेको थियो ।