• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता ★   कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज हुरीबतासको चेतावनी ★   अमिरिकी डिभीको नतिजा आज आउँदै, कसरी हेर्ने ? ★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने

शिवलिङ्गमा जल र दूध किन चढाउने ?



काठमाडौँ । आज महाशिवरात्रि । यस दिन शिवको आराधना गर्नाले भक्तजनको सबै मनोकामना पूरा हुन्छ । शिवरात्रिमा उचित पूजा गर्न नसकेमा जल र दूध चढाएर सामान्य पूजा गर्न सकिन्छ ।

शिवलिङ्गको जलाभिषेकको महत्व धेरै छ । विशेषगरी भगवान शिवलाई पानी, दूध, दही, घिउ जस्ता शीतल वस्तु चढाउने चलन छ ।

अभिषेक गर्नु भनेको शिवलिङ्गमा जल चढाउनु हो । रुद्र भगवान शिवको नाम पनि हो, त्यसैले जलाभिषेकलाई रुद्राभिषेक पनि भनिन्छ ।

प्राचीन कालमा देवता र दानव मिलेर समुद्र मन्थन गर्थे । समुन्द्र मन्थनमा कौस्तुभमणि, कल्पवृक्ष, ऐरावत हात्ती, उच्छश्रेव घोडा, महालक्ष्मी, धन्वंतरी, अमृत कलश जस्ता १४ रत्न निस्किए तर सबै रत्नभन्दा अगाडि हलहल नामको विष निस्कियो ।

हलहल विषका कारण संसारका सबै प्राणीको जीवन खतरामा परेको थियो । भगवान शिवले सबै जीवित प्राणीहरूलाई बचाउनको लागि यो विष पिउनुभयो । भगवान शिवले विषलाई आफ्नो घाँटीमा जान दिनुभएन, घाँटीमा विषको उपस्थितिका कारण भगवान शिवको घाँटी नीलो भयो । नीलो घाँटीका कारण भगवानको एउटा नाम नीलकण्ठ भयो ।

विषको कारणले भगवान शिवको शरीरमा जलन हुन थाल्यो यस जलनलाई शान्त पार्न भगवान शिवलाई चिसो पानी चढाइयो । भगवान शिवलाई शीतलता प्रदान गर्न शिवलिङ्गमा जल, दूध, दही, घिउ जस्ता शीतल पदार्थ चढाउने चलन सुरु भयो । शीतलताका लागि भगवान शिवले आफ्नो शिरमा चन्द्रमा धारण गर्नुभएको छ ।

जल र दूध चढाउँदा यी कुरामा ध्यान दिनुहोस्
ध्यान राख्नुहोस् कि सुन, चाँदी, पीतल वा तामाको भाँडोमा शिवलिंगलाई जल चढाउनुपर्छ । दूधको लागि चाँदीका भाँडाहरू प्रयोग गर्नु राम्रो हुन्छ । यदि तपाईंसँग चाँदीको भाँडो छैन भने, तपाईं माटोको भाँडोबाट जल र दूध चढाउन सक्नुहुन्छ । स्टिल, आल्मुनियम वा फलामका भाँडाहरू प्रयोग गर्नुहुँदैन । यी धातुहरूलाई पूजाका लागि शुभ मानिएको छैन ।

भाँडोमा पानी र दूध भरेर शिवलिङ्गमा पातलो धारा चढाउनुहोस् । जल र दूध चढाउँदा ओम नमः शिवाय मन्त्रको जप गरिरहनुपर्छ ।