१० माघ २०८१, बिहीबार
,
Latest
धरौटीमा छुटे लेखा सभापति पोखरेलका पूर्वस्वकीय सचिव कलेज जाँदै गरेकी किशोरीमाथि बलात्कार, एकजना पक्राउ कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्ने फैसला सर्वोच्चले पुनरवलोकन गर्ने चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस दोधारा–चाँदनी सुक्खा बन्दरगाह निमार्ण गर्न बोलपत्र आह्वान समपूरक र विशेष अनुदान सम्बन्धी कार्यविधि संशोधन, समपूरक अनुदान अधिकतम सीमामा कटौती सरकारी वकिलको बहस सकियो, रविका वकिलको बाँकी अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति पक्राउ पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ बस दुर्घटना अपडेटः हराइरहेका दुई जनाको शव फेला



अ+ अ-

मलेखु । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको यात्रु बस दुर्घटनामा हराइरहेका तीनमध्ये दुई जनाको शव फेला परेको छ ।

कपिलवस्तुको भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नं को बस बुधबार बिहान त्रिशूली नदीमा खस्दा हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदीको शव आज फेला परेको हो । योसहित दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।

गैरेको शव दुर्घटनास्थलभन्दा करिब दुई सय मिटर तल र सुवेदीको शव दुर्घटनास्थलबाट करिब एक किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला पारेको हो ।

बसमा सवार प्रकाश पाठक अझै हराइरहेका छन् । उनको खोजी कार्य जारी छ । सो दुर्घटनामा ३९ यात्रु घाइते भएका थिए ।