२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रम मन्त्रालयले कार्यविधि तयार नगर्दा इजरायलको रोजगारीमा नेपालीहरू जान पाएनन्



अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समयमै कार्यविधि तयार नगर्दा इजरायलको रोजगारीमा नेपालीहरू जान पाएका छैनन् । त्यहाँको रोजगारीमा नेपालीहरू पठाउन सबै तयारी सकिए पनि मन्त्रालयबाट कार्यविधि तयार नगरिदिँदा आवेदन लिन कठिन भएको वैदेशिक रोजगार विभागका अधिकारीहरूको भनाइ छ । सरकारले इजरायलमा कामदार पठाउन पछिल्लो समय दुईपटकसम्म विभिन्न सम्झौता गरेको थियो ।

विभागका महानिर्देशक कुमार दाहालले भने, ‘श्रम मन्त्रालयले कार्यविधि नै पठाएन, आवेदन लिन हामी तयारी अवस्थामा छौं ।’उनका अनुसार रोजगारीका लागि इजरायल जान चाहने नेपालीका लागि अनलाइनबाटै आवेदन दिन सक्नेगरी विभागले प्रणाली तयार गरेको छ । अनलाइन आवेदनका लागि आवश्यक पर्ने सफ्टवेयर बनाउने काम पूरा भएको र कार्यविधि आउनासाथ आवेदन खुला गरिने दाहालको भनाइ छ ।

‘इजरायलले नेपाली कामदार छिटो लैजान चासो दिएकाले विभागले पनि त्यसैअनुसार काम गरिरहेको थियो । तर, के–कसरी कामदार पठाउने भन्नेबारे मन्त्रालयले सबै कुरा खुलाएर कार्यविधि पठाउनुपर्नेमा अझैसम्म पठाएको छैन,’ उनले भनाइ छ । श्रममन्त्रालयका एक उच्च अधिकारीले कार्यविधिको मस्यौदा तयार भए पनि मन्त्रालयका कतिपय अधिकारीको स्वार्थका कारण अघि बढ्न नसकेको बताएका छन् । उनका अनुसार तत्काल कार्यविधिको मस्यौदा अघि बढ्ने छाँटकाट देखिँदैन । वैदेशिक रोजगार विभागले तयार गरेको अनलाइन प्रणालीमार्फत आवेदन खुला गरेपछि रोजगारीका लागि इजरायल जान इच्छुक कामदारले आफै घरबाटै आवेदन दिन सक्नेछन् ।

आवेदन खुलेसँगै पहिलो चरणमा ५०० नेपाली युवा केयरगिभर क्षेत्रमा रोजगारीका लागि इजरायल जानेछन् । आर्थिक अभियान दैनिकमा विजय दमासेले लेखेका छन् ।