• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo

म माथि कुनै दाग लागेनः पूर्वमन्त्री किराँती



काठमाडौँ । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किराँतीले आफुमाथि कुनैपनि दाग नलागेको बताउनुभएको हो । उहाँले आफू मन्त्रालयबाट बेदाग भएर खुशीसाथ निस्किएको बताउनु भयो । उहाँले एक वर्षको अवधिमा धेरै काम गरेको र त्यसको परिणाम निस्किने बेला भएको बताउनु भयो ।

उहाँले मन्त्रीको रुपमा रहँदा आफु कुनैपनि विवादमा नआएपनि विवादित बनाइएको बताउनु भयो । प्रधानमन्त्रीलाई अनुभवी मन्त्रीहरुको आवश्यकता भएका कारण आफू नयाँ मन्त्रीमण्डलमा समावेश हुन नसकेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिलेको जटिल परिस्थितिमा अनुभवी मन्त्रीहरुको आवश्यकता छ । यो जटिलतामा संकट मोचनका निम्ति, डुंगालाई पार लगाउनको निम्ति अनुभवी मन्त्रीहरुको जरुरी छ । प्रधानमन्त्रीले टिम मिलाउनु भएको छ । म भन्दापनि अनुभवी हुनुहुन्छ नि उहाँहरु । मन्त्रालयबाट निस्किदाँखेरी मैले एकदमै खुशीसाथ म निस्किन पाएँ । किनकी म बेदाग फर्किएँ । ममाथि दाग लागेन । एक वर्षमा मैले धेरै काम गरेको छु । त्यसको परिणाम निस्किने बेला भइसकेको छ । म विवादित छैन । विवादित बनाइएको हो ।’

पूर्वमन्त्री किराँतीले सरकारले विश्वासको मत पाउने पनि बताउनु भयो ।