२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

म माथि कुनै दाग लागेनः पूर्वमन्त्री किराँती



सुदन किराँती
अ+ अ-

काठमाडौँ । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किराँतीले आफुमाथि कुनैपनि दाग नलागेको बताउनुभएको हो । उहाँले आफू मन्त्रालयबाट बेदाग भएर खुशीसाथ निस्किएको बताउनु भयो । उहाँले एक वर्षको अवधिमा धेरै काम गरेको र त्यसको परिणाम निस्किने बेला भएको बताउनु भयो ।

उहाँले मन्त्रीको रुपमा रहँदा आफु कुनैपनि विवादमा नआएपनि विवादित बनाइएको बताउनु भयो । प्रधानमन्त्रीलाई अनुभवी मन्त्रीहरुको आवश्यकता भएका कारण आफू नयाँ मन्त्रीमण्डलमा समावेश हुन नसकेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिलेको जटिल परिस्थितिमा अनुभवी मन्त्रीहरुको आवश्यकता छ । यो जटिलतामा संकट मोचनका निम्ति, डुंगालाई पार लगाउनको निम्ति अनुभवी मन्त्रीहरुको जरुरी छ । प्रधानमन्त्रीले टिम मिलाउनु भएको छ । म भन्दापनि अनुभवी हुनुहुन्छ नि उहाँहरु । मन्त्रालयबाट निस्किदाँखेरी मैले एकदमै खुशीसाथ म निस्किन पाएँ । किनकी म बेदाग फर्किएँ । ममाथि दाग लागेन । एक वर्षमा मैले धेरै काम गरेको छु । त्यसको परिणाम निस्किने बेला भइसकेको छ । म विवादित छैन । विवादित बनाइएको हो ।’

पूर्वमन्त्री किराँतीले सरकारले विश्वासको मत पाउने पनि बताउनु भयो ।