२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीवनभर भाडामा बस्दै आएका शिक्षकलाई विद्यार्थीबाट घर गुरुदक्षिणा !



अ+ अ-

काठमाडौं । जीवनभर भाडामा बस्दै आएका शिक्षक पशुपतिलाल कर्ण अचेल निकै खुसी छन् । आफ्नै पूर्वविद्यार्थीले गुरुदक्षिणास्वरूप घर निर्माण गरिदिएपछि कर्णका आँखामा हर्षका आँसु टलमलाएका छन् । खल्तीबाट रुमाल झिकेर आँसु पुछ्दै उनले भने, “आज मेरो जीवनको सबैभन्दा खुसीको दिन हो । मैले मेरा शिष्यबाट गुरुदक्षिणा प्राप्त गरेँ ।”

कङ्काली माध्यमिक विद्यालयमा ३३ वर्षसम्म शिक्षक र प्रधानाध्यापक रहेका कर्ण अहिलेसम्म डेरामा थिए । आफ्नै पूर्वविद्यार्थीबाट गुरुदक्षिणास्वरूप घर नै उपहार पाएपछि उनमा खुसीको सीमा छैन । उनले भने, “यो उपहार मेरा लागि अमूल्य छ ।” २०३६ सालदेखि २०६८ असोजसम्म शिक्षण पेसामा रहेका कर्णले अवकाश लिए पनि उनलाई विद्यालयले भने छाडेन । पुनः उनलाई विद्यालयले २०६९ चैतसम्म निजी स्रोतमा राख्यो ।

आजीवन शिक्षण पेसा अवलम्बन गरेका कर्ण सरले अहिले विद्यालय त छोडे तर पूर्वविद्यार्थीको मनबाट भने उनी बाहिरिन सकेनन् । फलस्वरूप गुरुदक्षिणाका रूपमा घर पाए । पूर्वविद्यार्थी समाज कङ्काली माविले २५ लाख रुपियाँको लगानीमा सो घर निर्माण गरेको समाजका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए ।

“जीवनभर अर्काको घरमा बसेर हामीलाई पढाउनुभयो तर जीवनको उत्तराद्र्धमा पनि अरूकै घरमा बस्नुपर्ने बाध्यता अन्त्य गर्न घर बनाइदिएका हौँ”, उनले भने, “विद्यालय नजिकै कर्ण सरकी धर्मपत्नी बुद्धमावती देवीको नाममा सात धुर जग्गा रहेछ । हामीले यही जग्गामा पक्की घर बनाइदिएका हौँ ।” गोरखापत्र दैनिकमा समाचार छ  ।