२ पुष २०८२, बुधबार
,
Latest
राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भारतसँग १०-० गोलले पराजित, फाइनलमा भारत र बंगलादेश भिड्ने



अ+ अ-

काठमाडौँ । नेपाल राजधानीमा जारी साफ यु–१६ महिला च्याम्पियनसिप, २०२४ बाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा भारतले नेपाललाई १०–० गोलअन्तरले पराजित गरेको हो । भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भारतले यसअघि पहिलो खेलमा भुटानलाई ७–० गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा बङ्गलादेशसँग ३–१ गोलअन्तरको हार बेहोरेको थियो ।

नेपाल पहिलो खेलमा बङ्गलादेशसँग नेपाल २–० गोलअन्तरले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा भने नेपालले भुटानसँग ३–० गोलअन्तरले विजयी भएको थियो ।

नेपालविरुद्धको आजको खेलमा भारतले पहिलो हाफमा ६ गोल गरेको थियो । दोस्रो हाफमा भारतले थप चार गोल गर्यो । भारतका लागि पर्ल फर्नान्डेस र गुर्लिन करले दुई दुई गोल गरेका थिए । यस्तै अनिता डुंगडुंग, अनुष्का कुमारी, बिनोफिलिया शुलाई, रेआना र गुर्नाज करले एक एक गोल गरे । नेपाली खेलाडीले एउटा आत्मघाती गोल गरेका थिए ।

प्रतियोगिताको उपाधिका लागि भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । लिग चरणको अन्तिम खेलमा शुक्रबार भुटान र बङ्गलादेशबीच खेल हुनेछ ।