४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रेखाको गुनासो: क्यूएफएक्सले नेपाली सिनेमालाई विभेद गरी विदेशी सिनेमाको भरणपोषण गर्‍यो

रेखाको गुनासो: क्यूएफएक्सले नेपाली सिनेमालाई विभेद गरी विदेशी सिनेमाको भरणपोषण गर्‍यो
अ+ अ-

काठमाडौं । निर्मात्री तथा अभिनेत्री रेखा थापाले केही फिल्म हलहरुले नेपाली सिनेमालाई विभेद गरी विदेशी सिनेमाको भरणपोषण गरेको आरोप लगाउनु भएको छ ।

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्मको शो बाँडफाँटलाई लिएर उहाँले आपत्ति जनाउनु भएको हो । आफ्नो फिल्म ‘उपहार’लाई कम शो उपलब्ध गराएको भन्दै उहाँले बिग, एफक्युब लगायतले सम्मानजनक शो दिएको तर क्यूएफएक्सले नेपाली सिनेमालाई विभेद गरी विदेशी सिनेमाको भरणपोषण गरेको आरोप लगाउनु भएको हो ।

उहाँले लेख्नु भएको छ-

‘यसरी नेपाली चलचित्रलाई विदेशी फिल्मको वकालत गर्ने क्यूएफएक्सले विभेद गरेको छ । सँगैको बिग मुभिज, वान सिनेमा र एफक्युब लगायतका हलले सम्पूर्ण नेपालभरि सम्मानजनक शो उपलब्ध गराएको छ । त्यसमा आभार व्यक्त गर्दछु । क्यूएफएक्स चेनले नेपाली फिल्मलाई विभेद गरी विदेशी सिनेमाको भरणपोषण गरेकोमा आपत्ति छ ।

तीनवटा पर्दा भएका अन्य हलले चार शो दिन सक्ने तर काठमाडौंमा मात्र १३ स्क्रिन भएको चेनले तीन शो मात्र उपलब्ध गराउनुको अर्थ के हो रु नेपाली चलचित्रप्रेमी दर्शक र नेपाली चलचित्रसँग सम्बन्धित संघसस्थाहरु किन मौन ?’

शुक्रबार तीन नेपाली फिल्म उपहार, काँडेतार र रंगेलीसहित विदेशी फिल्महरु ‘कुङ्फु पान्डा ४’ र ‘शैतान’ रिलिज हुँदैछन् ।