२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भागरथी हत्या प्रकरणः आरोपित सार्वजनिक भएपनि परिवार असन्तुष्ट, शव बुझ्न अस्वीकार



अ+ अ-

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको शव माघ २३ गतेदखि जिल्ला अस्पतालकै शवगृहमा राखिएको छ । नकुहियोस् भनेर बरफ हालेर काठको बाकसमा राखिएको छ । घटनाका दोषीलाई सार्वजनिक नगर्दासम्म शव नबुझ्ने परिवारको अडान अझै कायम छ । हत्यामा संलग्न आरोपित कक्षा ११ मा पढ्ने छात्रलाई प्रहरीले बुधबार सार्वजनिक गरे पनि परिवार भने विश्वस्त हुन सकेका छैनन् । यो उमेरमा आरोपित एक्लैले हत्या गरेको विश्वास गर्न गाह्रो भएको भागरथीका काका शंकर भट्टले बताए ।

ती छात्रले मारेको भनी तथ्य र प्रमाण नदिएकाले विश्वस्त हुन नसकिएको उनको भनाइ छ । उसले दिएको बयानका आधारमा मात्र हत्यारा साबित गर्न खोजिएको उनले बताए । बयानले भन्दा पनि प्रमाण र तथ्यले अपराध गरेको पुष्टि हुनुपर्ने आफन्तको भनाइ छ ।

यता, प्रहरीले १३ दिनपछि आरोपितलाई सार्वजनिक गरे पनि यहाँका अधिकारकर्मीले आशंका व्यक्त गरेका छन् । एक्लै किशोरले सडकबाट धकेलेर खोल्सीमा लगी दिनदहाडै मार्ने सम्भावना काम भएको भन्दै प्रहरीले अझै गहिरिएर अनुसन्धान गनुपर्ने अधिकारकर्मी रमेश कोलीले बताए । नागरिक दैनिकमा समाचार छ ।