२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बाँकी कार्यकाल यसै सहयात्राबाट पूरा हुनेछः उपाध्यक्ष पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विष्णु प्रसाद पौडेलले एमाले, माओवादी केन्द्रसहितका दलहरुबिचको सहकार्यबाट प्रतिनिधिसभाको बाँकी कार्यकाल पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ ।

साथै, सरकारलाई जनता र राष्ट्रका पक्षका दृढतापूर्वक काम गर्न सुझाव दिनुहुँदै उहाँले सरकारको आलोचना गर्ने प्रतिपक्षको अधिकारमा संकुचन हुनु नहुने पनि प्रस्ट पार्नुभयो । सरकारले गरेका राम्रा काममा रचनात्मक सहयोगको भूमिका निर्वाह गर्न पनि उहाँले प्रतिपक्षलाई आग्रह गर्नुभयो ।

यसमा अन्यथा भाव राखेर सोच्न हुँदैन,’ उहाँले भन्नुभयो, ‘इतिहास कहिल्यै पनि सेलरोटी जस्तो घुम्दैन, स्प्रिङजस्तो घुम्छ ।’

स्वार्थको लेनदेनका आधारमा नभएर देश र जनतालाई केन्द्रमा राखेर सहयात्रा गरिएको भन्दै उहाँले प्रतिनिधिसभाको बाँकी कार्यकाल यही सहयात्राका आधारमा तय हुने दाहोर्याउनुभयो ।