३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग : डर्टमन्ड र पोर्टो विजयी



अ+ अ-

पेरिस । बुधबार बोरुसिया डर्टमन्ड र एफसी पोर्टो विजयी भएका छन् । एफसी पोर्टो युरोपेली च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा डर्टमन्ड र एफसी पोर्टो विजयी भइको हो ।  इर्लिङले आफ्नो उत्कृष्ट लय कायम राख्दै दुई गोल गरेपछि डर्टमन्डले सेभियालाई उसको घरमा ३–२ ले हराएको हो ।

घरेलु लिगमा खराब प्रदर्शन गरिरहेको डर्टमन्डले त्यसलाई बिर्साउने गरेर यो सफलता हात पारेको हो । अब दोस्रो लेगको खेल मार्च ९ मा जर्मन भूमिमा हुनेछ र त्यस अगाडि डर्टमन्ड अर्को चरणका लागि बलियो प्रत्यासी हुनेछ ।

अर्कोतर्फ पोर्टोले आफ्नो घरेलु मैदानमा प्रत्येक हाफको पहिलो मिनेटमा भएको गोलको मदतले युभेन्टसलाई २–१ ले हरायो । मेहदी तारेमीले पहिलो गोल गरेपछि मउसा मारेगोले दोस्रो गोल थपे ।

खेलको ८२औं मिनेटमा फेडरिको चिसाले युभेन्टसका लागि एक गोल फर्काउँदै अन्तिम १६ को टाईलाई रोमाञ्चक मोडमा पुर्‍याए । अब युभेन्टससामु आफ्नो मैदानमा हुने खेलमा पोर्टोको अग्रता उल्टाउन सक्ने अवसर हुनेछ ।