२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल २०२४ पछि रिटायर हुँदै दिनेश कार्तिक !



अ+ अ-

एजेन्सी । विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकले आईपीएल २०२४ पछि अन्तर्राष्ट्रिय क्रिकेट र आईपीएलबाट सन्यास लिन सक्ने बताईएको छ । कार्तिकले आफ्नो अन्तिम सिजन रोयल च्यालेन्जर्स बैंग्लोरबाट आईपीएल खेल्ने छन् । आरसीबीले उनलाई २०२२ को मिनी अक्सनमा ५.५ करोडमा किनेको थियो।

भारतीय विकेटकिपर ब्याट्सम्यान जुनमा ३९ वर्ष पुग्नेछन् । उनी आइपिएलको अन्तिम सिजनका लागि तयार छन् । यसपछि उनले आईपीएल र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिन सक्ने भारतीय सञ्चारमाध्यम दैनिक भास्करले लेखेको छ । कार्तिकले भारतका लागि आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल जुलाई २०२२ मा बंगलादेश विरुद्ध टी-२० विश्वकपमा खेलेका थिए ।

कार्तिक ती सात खेलाडीमध्ये पर्छन् जो अहिलेसम्म आईपीएलका सबै सिजन (१६) को हिस्सा भइसकेका छन् । सन् २००८ मा आईपीएल सुरु भएदेखि नै उनले रोहित शर्मा, विराट कोहली, शिखर धवन, महेन्द्र सिंह धोनी, ऋद्धिमान साहा र मनिष पाण्डेसँग खेल्दै आएका छन् ।

कार्तिकले आइपिएलको १६ सिजनमा अहिलेसम्म दुई खेल मात्र गुमाए । उनले आफ्नो पहिलो सिजन कोलकाता नाइट राइडर्सविरुद्ध खेलेका थिएनन्। गत वर्ष अर्थात २०२३ मा भएको दोस्रो खेलमा सनराइजर्स हैदरावादविरुद्धको लिग खेलबाट बाहिरिएको थियो ।

कार्तिक आईपीएलका ६ वटा टिमको हिस्सा भइसकेका छन् । उनले दिल्ली डेयरडेभिल्सबाट आईपीएलमा करियर सुरु गरेका थिए । उनले किंग्स इलेभेन पञ्जाब, मुम्बई इन्डियन्स, गुजरात लायन्स, कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेलिसकेका छन्। यस अवधिमा उनले खेलेका २४० खेलमा २६ को औसतमा ४५१६ रन बनाए । जसमा उनले २० अर्धशतक बनाएका छन् । विकेटको पछाडि रहँदा १३३ खेलाडीलाई प्याभिलियनको बाटो देखाइएको थियो । जसमा ३६ स्टम्पिङ पनि समावेश छन् ।