११ असार २०८३, बिहीबार
,
Latest
समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल २०२४ पछि रिटायर हुँदै दिनेश कार्तिक !



अ+ अ-

एजेन्सी । विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकले आईपीएल २०२४ पछि अन्तर्राष्ट्रिय क्रिकेट र आईपीएलबाट सन्यास लिन सक्ने बताईएको छ । कार्तिकले आफ्नो अन्तिम सिजन रोयल च्यालेन्जर्स बैंग्लोरबाट आईपीएल खेल्ने छन् । आरसीबीले उनलाई २०२२ को मिनी अक्सनमा ५.५ करोडमा किनेको थियो।

भारतीय विकेटकिपर ब्याट्सम्यान जुनमा ३९ वर्ष पुग्नेछन् । उनी आइपिएलको अन्तिम सिजनका लागि तयार छन् । यसपछि उनले आईपीएल र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिन सक्ने भारतीय सञ्चारमाध्यम दैनिक भास्करले लेखेको छ । कार्तिकले भारतका लागि आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल जुलाई २०२२ मा बंगलादेश विरुद्ध टी-२० विश्वकपमा खेलेका थिए ।

कार्तिक ती सात खेलाडीमध्ये पर्छन् जो अहिलेसम्म आईपीएलका सबै सिजन (१६) को हिस्सा भइसकेका छन् । सन् २००८ मा आईपीएल सुरु भएदेखि नै उनले रोहित शर्मा, विराट कोहली, शिखर धवन, महेन्द्र सिंह धोनी, ऋद्धिमान साहा र मनिष पाण्डेसँग खेल्दै आएका छन् ।

कार्तिकले आइपिएलको १६ सिजनमा अहिलेसम्म दुई खेल मात्र गुमाए । उनले आफ्नो पहिलो सिजन कोलकाता नाइट राइडर्सविरुद्ध खेलेका थिएनन्। गत वर्ष अर्थात २०२३ मा भएको दोस्रो खेलमा सनराइजर्स हैदरावादविरुद्धको लिग खेलबाट बाहिरिएको थियो ।

कार्तिक आईपीएलका ६ वटा टिमको हिस्सा भइसकेका छन् । उनले दिल्ली डेयरडेभिल्सबाट आईपीएलमा करियर सुरु गरेका थिए । उनले किंग्स इलेभेन पञ्जाब, मुम्बई इन्डियन्स, गुजरात लायन्स, कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेलिसकेका छन्। यस अवधिमा उनले खेलेका २४० खेलमा २६ को औसतमा ४५१६ रन बनाए । जसमा उनले २० अर्धशतक बनाएका छन् । विकेटको पछाडि रहँदा १३३ खेलाडीलाई प्याभिलियनको बाटो देखाइएको थियो । जसमा ३६ स्टम्पिङ पनि समावेश छन् ।