१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव साङ्लो बनाएर आज प्रचण्ड–नेपाल समुहले टुँडिखेल घेर्दै



अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षको चौथो चरणको आन्दोलन सुरु भएको छ । चौथो चरणको आन्दोलनको पहिलो स्वरुपसहित आज प्रचण्ड–नेपाल पक्षले मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछन् । उनीहररुले आज अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल घेराउ गर्न लागेको हो ।

प्रचण्ड–नेपाल पक्षले संसद विघटन र महँगी जस्ता मुद्दा उठाउँदै आजको विरोध कार्यक्रम राखेको हो । 

मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म खटाइने छ । भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता/कार्यकर्ताहरु रहने छन् । सरकारबाट गत पुस ५ गते संसद विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–माधव समूहले आन्दोलनका कार्यक्रमहरु गर्दै आएका छन् ।