५ भाद्र २०८३, शुक्रबार
,
Latest
पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालबाट अश्विनकी आमाले होश आएर भनिन् – ‘टेस्ट म्याच चलिरहेको छ, फर्किउ’



अ+ अ-

एजेन्सी । दिग्गज अफ स्पिनर रविचन्द्रन अश्विनले आफ्नो १०० औं टेस्ट अघि भनेका छन् कि उनी आईसीयू ओछ्यानमा सुतिरहेकी उनकी आमा चित्रा रविचन्द्रनबाट राँची टेस्ट खेल्न प्रेरित थिए ।

३७ वर्षीय यी अनुभवी स्पिनरले क्रिकइन्फोलाई भने – ‘जब म अस्पताल पुगेँ, मेरी आमा होश आएपछि फेरि बेहोस हुन लाग्नुभाथ्यो । मलाई त्यहाँ देखेपछि उहाँले पहिलो कुरा साध्नुभो, ‘तिमी किन आयौ ? अर्को पटक होश आयो, उहाँले भन्नुभयो, ुमलाई लाग्छ तिमी फर्किनुपर्छ, किनकि टेस्ट म्याच चलिरहेको छ ।’

तेस्रो टेस्टको दोस्रो दिन अश्विनले ५०० टेस्ट विकेट पूरा गरे । उनी अनिल कुम्बलेपछि ५०० टेस्ट विकेट लिने दोस्रो भारतीय बलर बनेका छन् । खेलको दोस्रो दिन अश्विनले आफ्नी आमा बिरामी भएको थाहा पाए । आमाको अस्वस्थताका कारण तेस्रो खेलको दोस्रो दिन सकिएपछि उनी चेन्नई फर्किएका थिए र बिदामा रहेकाले तेस्रो दिन मैदानमा उत्रेका थिएनन् ।

अश्विनकी आमा बेहोस भएर अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । अफ स्पिनरले आफ्ना आमाबुवा रविचन्द्रन र चित्राको त्याग सम्झँदै भावुक हुँदै भने, ‘मलाई क्रिकेटर बनाउन दुवैले धेरै त्याग गरेका थिए ।’