१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दाः लिखित जवाफ पेस गर्न सर्वोच्च जानुहुँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालमा अवहेलना मुद्दामा जवाफ दिन उपस्थित हुनुहुने भएको छ । प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको र बहसलाई तमासा भनेको कारण प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।

प्रधानमन्त्री ओली आफै आज बिहान ११ बजे सर्वोच्चमा उपस्थित भई लिखित जवाफ पेस गर्ने तय भएको छ ।

प्रधानमन्त्री ओलीलाई उक्त मुद्दामा गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।