• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

सत्ता गठबन्धन फेरबदल गर्ने देउवाको अर्को कसरत !



काठमाडौं । एक वर्षअघि एमाले–माओवादी गठबन्धन फुटाएर आफ्नो पार्टीलाई सत्तामा पुर्‍याएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले नराम्ररी चिप्लिएका छन् । हुँदाखाँदाको गठबन्धन भत्काएर प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेसँग काँध मिलाएपछि कांग्रेस सभापति देउवाले फेरि सत्तामा पुनरागमन गर्ने खेल सुरु गरेका छन् । मुखैमा आएको प्रधानमन्त्रीको पद फुत्किएपछि अहिले देउवा जसरी भए पनि प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले विश्वासको मत नपाउने गरी समीकरणको प्रयासमा लागेका हुन् ।

सत्तागठबन्धन दलबीच मन्त्रालय भागबण्डा नमिलिसकेका बेला देउवाले बुधबार बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी नयाँ राजनीतिक समीकरणको प्रस्ताव गरे । उनले माधवकुमार नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै अब आफूहरुले बहुमत पुर्‍याउने गरी चाल चाल्न आग्रह गरे । यो कुरा गरेपछि नेपाल मख्ख गर्छन् र अहिलेको गठबन्धनमा सहभागी हुँदैनन् भन्ने देउवालाई विश्वास थियो । तर नेपालले आफूलाई गरेको प्रधानमन्त्रीको पद अस्वीकार मात्र गरेनन् साँझ अहिलेकै गठबन्धनमा सहभागी भए र आफ्नो दलका दुई जना मन्त्री पनि नियुक्त गराए ।

त्यसो त देउवाले अपराह्न मधेस केन्द्रीत तीन दललाई आफ्नै निवासमा बोलाएर छलफल गरे । लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका नेतालाई घरमा बोलाएर चिया खुवाउँदै गरेको कुराकानीमा पनि देउवाले अहिलेको गठबन्धनलाई असफल पार्ने र आफ्नो नेतृत्वमा अर्को नयाँ गठबन्धन बनाउने प्रस्ताव गरे । तर यो ढिला भइसकेको थियो । देउवाले मधेस केन्द्रित दलसँग छलफल गरिरहँदा नेकपा एकीकृत समाजवादीका दुई जना मन्त्रीले सपथ लिइरहेका थिए । त्यसैगरी जनमत पार्टी पनि सरकारसँग सहकार्यका लागि प्रस्ताव तयार पारिरहेको थियो । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले गठबन्धनमा सहभागी हुने केही सर्त तयार पारेको थियो ।

कांग्रेस सभापति देउवाको मुख्य उद्देश्यले थियो– गठबन्धन दलभित्र चलखेल गर्ने र प्रधानमन्त्री दाहाललाई विश्वासको मत लिन नसक्ने अवस्था सिर्जना गर्ने । त्यसो भएमा उनी संसद्को ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त हुने बाटो खुल्थ्यो । यति त्यसो हुन नसकेमा उनले कांग्रेसका ८७, राप्रपाका १४, नेकपा एकीकृत समाजवादीका १०, लोकतान्त्रिक समाजवादी पार्टीका चार, जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका चार जना सांसदसहित अन्य साना दल र स्वतन्त्र गरी ६ जना सांसदको समर्थनमा बलियो गठबन्धन बनाउने उनको तयारी थियो । यी सबै दल मिलाउँदा यो गठबन्धनमा १ सय ३० सांसद पुग्ने थियो । त्यसमा जनता समाजवादी पार्टीभित्र विद्रोह गराएर ८ सिट थप्न सके नयाँ गठबन्धन बनाउने योजना देउवाको थियो ।

सरकार बनाउन अहिले २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ३८ सिट चाहिन्छ । यसका लागि नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकका दल सबै एक ठाउँमा मिल्नुपर्छ । यी सबैलाई मिलाएर नयाँ समीकरण बनाउन सके आफू छैठौं पटक देशको प्रधानमन्त्री बन्न सकिन्छ भन्ने विश्वास देउवामा छ । तर त्यो प्रयास ढिला भइसकेको छ ।

त्यसो त देउवाले चुनावी गठबन्धनलाई चुनावपछि जोगाउन सकेका थिएनन् । पूर्वसहमति पालना नगरेपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले एमालेको साथ लिएर सरकार बनाएका थिए । तर पछि विश्वासको लिने बेलामा कांग्रेसले दाहालालाई सहयोग गरेर राजनीतिक ढोक्का थालेको थियो । राष्ट्रपतिको चुनाव बेला कांग्रेसले थापेको ढोक्कामा राष्ट्रपति पौडेल परे । त्यसपछि कांग्रेस र माओवादीबीच विश्वास मात्र बढेको थिएन, दीर्घकालीन सहकार्य गर्ने रणनीतिसमेत तय भएको थियो । तर त्यसपछि कोशी प्रदेशको मुख्यमन्त्री चयनदेखि राष्ट्रियसभाको चुनावसम्म आइपुग्दा दुई दलबीच विवाद बढ्यो । अर्थात कांग्रेस सभापति देउवाले पूर्वसहमतिअनुसार काम गर्न सकेनन् । त्यसपछि रिसाएका दाहालले गठबन्धन फेरेर नयाँ बनाएका हुन् ।

अहिले आफूसँगको गठबन्धन फेरेको प्रति रुष्ट देखिएका देउवा अब जसरी पनि दाहाललाई हटाउने योजनामा छन् । त्यही योजनाअनुसार उनले बुधबार केही राजनीतिक दलसँग सल्लाह गरेका हुन् । देउवाले पुरानो गठबन्धनसम्म कायम राख्न नसकेको अपजस त खेप्ने नै छन् । त्यसबाहेक अब फेरि गठबन्धन भत्काउन सुरु हुने खेलले देशमा राजनीतिक स्थिरता कायम गर्न चुनौती देखिएको छ ।