१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० विश्वकपको तयारीका लागि सरकारले दियो नेपाली टिमलाई ५ करोड



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप खेल्ने नेपाली टिमको तयारीका लागि अर्थ मन्त्रालयबाट ५ करोड रकम निकासा भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिएका हुन् ।

उनले सरकार, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद व्यक्त गरेका छन् ।

नेपालमा गत अक्टोबर ३० देखि नोभेम्बर ५ तारिखसम्म भएको आइसीसी पुरुष टी–२० विश्वकप एसिया रिजनल क्वालिफायरको सेमिफाइनलमा युएइलाई ८ विकेटले हराउँदै नेपालले अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिखदेखि सुरु हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि छनोट भएको थियो ।

सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो ।

टी-२० विश्वकपमा नेपाल समूह ुडीु मा छ । यस समूहमा नेपालसँगै बंगलादेश, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्यान्ड्स छन् ।