४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेलको मूल्यवृद्धिसंगै यातायात व्यवसायीले ४० प्रतिशतसम्म भाडा बढाउन माग

तेलको मूल्यवृद्धिसंगै यातायात व्यवसायीले ४० प्रतिशतसम्म भाडा बढाउन माग
अ+ अ-

काठमाडौं । एक सातामै दुई पटक तेलको मूल्य बढाएपछि यातायात व्यवसायीहरुले ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका छन् । तेल र सवारीजन्य पार्टपूर्जामा भएको मूल्यवृद्धिलाई कारण व्यवसायीहरुले ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका हुन् ।  

गत माघ २९ गते नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विज्ञप्ति जारी गरेर पटक(पटक तेलको मूल्यमा भएको वृद्धि फिर्ता लिन माग गरेको थियो । महासंघले फागुन ८ गतेसम्म मूल्यवृद्धि फिर्ता नलिए आवश्यक निर्णय लिने गरी अल्टिमेटम दिएपनि सरकारले यसै हप्ता फेरि तेलको मूल्य बढाएको छ । 

कोरोना महामारीको मारमा परेको व्यवसायलाई थप थिलोथिलो बनाउने गरी पटक(पटक भएको तेलको मूल्यवृद्धिको भार थेग्न सकिने अवस्था नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । 

आफूहरु यात्रुलाई सुलभ दरमा सेवा दिन तयार भएपनि सरकारले उचित वातावरण बनाउनुको सट्टा बिगार्ने काम गरिरहेको व्यवसायीको भनाइ छ ।

‘महामारीमा परेका सर्वसाधाराण जनता र पेशा व्यवसाय गर्नेमाथि पटक(पटक भइरहेको मूल्यवृद्धिले मार पारिरहेको छ,’ उनले भने,’यो बेलामा सरकारले मनलाग्दी तवरले गरेको मूल्यवृद्धिले यातायात व्यवसाय पनि थला पर्ने अवस्था आयो ।’ 

यातायात व्यवस्था विभागले भने व्यवसायीले भन्ने बित्तिकै भाडा नबढ्ने बताएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले भाडा बढाउनेबारे अहिलेसम्म कुनै छलफल र तयारी नभएको बताए । ‘व्यवसायीले भन्नेबित्तिकै कहाँ भाडा बढिहाल्छ त ?’ उनले भने