• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ? ★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे ★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री ★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही…

बाइडेन र ट्रम्प पुन: राष्ट्रपतिको दौड नजिक



वासिङ्टन । सन् २०२४ को राष्ट्रपतीय निर्बाचनकोे प्राथमिक (प्राइमरी) मतदानमा अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आ–आफ्नो पार्टीको प्राइमरी प्रतिस्पर्धामा अग्रता लिएका छन् ।

अमेरिकी लेखक मारियान विलियम्सन र सांसद डीन फिलिप्सको चुनौती रहेको बताइएका बाइडेनले अलाबामा, म्यासाचुसेट्स, मेन, नर्थ क्यारोलिना, ओक्लाहोमा, टेनेसी, भर्जिनिया र भर्मोन्टको डेमोक्र्याटिक प्राइमरीमा बिजयी हुनुका साथै आयोवामा पार्टीका तर्फबाट उम्मेदवार चयन हुनुभएको छ ।

ट्रम्पले अलाबामा, नर्थ क्यारोलिना, ओक्लाहोमा, टेनेसी र भर्जिनियामा हुने रिपब्लिकन प्राइमरी प्रतिस्पर्धामा दक्षिण क्यारोलिनाका पूर्व गभर्नर तथा संयुक्त राष्ट्रसङ्घका लागि पूर्व अमेरिकी राजदूत निक्की हेलीलाई पराजित गर्ने अनुमान गरिएको छ ।

सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनको प्राथमिक दौडको लागि सबैभन्दा महत्वपूर्ण दिन ‘सुपर ट्यूस्डे’ को रातमा अनुमानित परिणामहरू आउने क्रम जारी छ ।

क्यालिफोर्निया र टेक्सासलगायत १५ राज्य तथा समोआमा मङ्गलबार प्राथमिक निर्वाचन सम्पन्न भएको छ ।

आयोवाको डेमोक्र्याटिक्स पार्टीले आफ्नो राष्ट्रपतीय उम्मेदवार चयनका लागि भएको मतदानको नतिजा सार्वजनिक गरेको छ ।

अमेरिकी समाचारर संस्था, एसोसिएटेड प्रेस (एपी) र एनओआरसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्चले हालै गरेको एक सर्वेक्षणले सन् २०२० को चुनावमा ८१ वर्षीय बाइडेन र ७७ वर्षीय ट्रम्पको मानसिक क्षमतामा अमेरिकी वयस्कको ठूलो हिस्साले शङ्का व्यक्त गरेको देखाएको छ ।

सर्वेक्षणमा सहभागी १० मध्ये ६ जनाभन्दा बढीले बाइडेनको राष्ट्रपतिको रूपमा प्रभावकारी रूपमा काम गर्न सक्ने मानसिक क्षमतामा आफू विश्वस्त नभएको बताएका छन् भने ५७ प्रतिशतले ट्रम्पमा काम गर्ने क्षमता र तीक्ष्णताको कमी रहेको बताएका छन् ।

सर्वेक्षण रिपोर्ट अनुसार हरेक पाँचमध्ये चार अमेरिकी वयस्कले संयुक्त राज्य अमेरिका गलत दिशामा गइरहेको ठान्छन् भने पाँचमध्ये एक जनाले सही दिशामा गइरहेको बताएका छन् ।