५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाइडेन र ट्रम्प पुन: राष्ट्रपतिको दौड नजिक



अ+ अ-

वासिङ्टन । सन् २०२४ को राष्ट्रपतीय निर्बाचनकोे प्राथमिक (प्राइमरी) मतदानमा अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आ–आफ्नो पार्टीको प्राइमरी प्रतिस्पर्धामा अग्रता लिएका छन् ।

अमेरिकी लेखक मारियान विलियम्सन र सांसद डीन फिलिप्सको चुनौती रहेको बताइएका बाइडेनले अलाबामा, म्यासाचुसेट्स, मेन, नर्थ क्यारोलिना, ओक्लाहोमा, टेनेसी, भर्जिनिया र भर्मोन्टको डेमोक्र्याटिक प्राइमरीमा बिजयी हुनुका साथै आयोवामा पार्टीका तर्फबाट उम्मेदवार चयन हुनुभएको छ ।

ट्रम्पले अलाबामा, नर्थ क्यारोलिना, ओक्लाहोमा, टेनेसी र भर्जिनियामा हुने रिपब्लिकन प्राइमरी प्रतिस्पर्धामा दक्षिण क्यारोलिनाका पूर्व गभर्नर तथा संयुक्त राष्ट्रसङ्घका लागि पूर्व अमेरिकी राजदूत निक्की हेलीलाई पराजित गर्ने अनुमान गरिएको छ ।

सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनको प्राथमिक दौडको लागि सबैभन्दा महत्वपूर्ण दिन ‘सुपर ट्यूस्डे’ को रातमा अनुमानित परिणामहरू आउने क्रम जारी छ ।

क्यालिफोर्निया र टेक्सासलगायत १५ राज्य तथा समोआमा मङ्गलबार प्राथमिक निर्वाचन सम्पन्न भएको छ ।

आयोवाको डेमोक्र्याटिक्स पार्टीले आफ्नो राष्ट्रपतीय उम्मेदवार चयनका लागि भएको मतदानको नतिजा सार्वजनिक गरेको छ ।

अमेरिकी समाचारर संस्था, एसोसिएटेड प्रेस (एपी) र एनओआरसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्चले हालै गरेको एक सर्वेक्षणले सन् २०२० को चुनावमा ८१ वर्षीय बाइडेन र ७७ वर्षीय ट्रम्पको मानसिक क्षमतामा अमेरिकी वयस्कको ठूलो हिस्साले शङ्का व्यक्त गरेको देखाएको छ ।

सर्वेक्षणमा सहभागी १० मध्ये ६ जनाभन्दा बढीले बाइडेनको राष्ट्रपतिको रूपमा प्रभावकारी रूपमा काम गर्न सक्ने मानसिक क्षमतामा आफू विश्वस्त नभएको बताएका छन् भने ५७ प्रतिशतले ट्रम्पमा काम गर्ने क्षमता र तीक्ष्णताको कमी रहेको बताएका छन् ।

सर्वेक्षण रिपोर्ट अनुसार हरेक पाँचमध्ये चार अमेरिकी वयस्कले संयुक्त राज्य अमेरिका गलत दिशामा गइरहेको ठान्छन् भने पाँचमध्ये एक जनाले सही दिशामा गइरहेको बताएका छन् ।