१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि जेफ बेजोस बने विश्वकै सबैभन्दा धनी व्यक्ति, कुल सम्पत्ति १९० अर्ब माथि



अ+ अ-

काठमाडौं । जेफ बेजोस फेरि बने विश्वकै सबैभन्दा धनि व्यक्ति । उनले टेस्लाका मालिक एलन मस्कलाई उछिनेर विश्वकै सबैभन्दा धनी व्यक्ति सफल भएको हो । 

अमेजनका सीईओ जेफ बेजोसको कुल सम्पत्ति १९० अर्ब ३ सय करोड डलर रहेको छ । फोर्ब्सको फेब्रुअरी १६ को रिपोर्ट अनुसार १९० अर्ब ३ सय करोड डलरका मालिक बेजोस  धनी व्यक्ति बनेका हुन् । यसअघि पनि उनी विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचिको अग्रस्थानमा रहेका थिए । 

यस्तै धनी व्यक्तिको दोस्रो स्थानमा रहेका मस्कको कुल सम्पत्ति १७३ अर्ब ४ सय करोड अमेरिकी डलर रहेको छ । मस्क टेस्ला र स्पेसएक्सका उद्यमीका मालिक हुन् । यसअघि उनले बेजोसलाई उछिन्दै इलोन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका थिए । 

विद्युतीय कार कम्पनीको सेयर मूल्य वृद्धि भएपछि मस्कको सम्पत्ति बढेको थियो । अहिले भने उनलाई बेजोसले पछि पारेका छन् । यस्तै धनिको सूचिमा माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स चौथो स्थानमा र मार्क जुकरवर्ग पाँचौं स्थानमा रहेका छन् ।