१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापति देउवाले भने : ‘आन्दोलन गर्न हामीसँग पैसा छैन’



अ+ अ-

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमका विरुद्ध आन्दोलन गर्न पार्टीसंग पैसा नभएको बताएका छन् । बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेशको सम्मेलनमा बोल्दै जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने बताएका हुन् । 

‘हामीसँग पैसा पनि छैन । जबरजस्ती बोलाउन पनि सक्दैनौं’ कांग्रेस सभापति देउवाले भने, ‘क्रियाशील लिने बेलामा मारामार हुन्छ, भोलि आन्दोलनमा क्रियाशील मात्र आउन भन्यो भने आउँदैन ।’

देउवाले अदालतले पुनस्थापना गरे स्वीकार गर्ने बताए । उनले भने, ‘अदालतले पुनस्थार्पना गर भन्यो भने स्वीकार गर्छौं, चुनाव गर भन्यो भने पनि स्वीकार गर्छौं ।’