१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीबाट शक्ति बस्नेत र रेखा शर्मालाई पहिलेकै मन्त्रालयको जिम्मेवारी



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)बाट उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित तीनजना मन्त्री दोहोरिने भएका छन् ।

यसअघिको गठबन्धन सरकारमा रहेका ऊर्जामन्त्री शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नयाँ गठबन्धन सरकारमा पनि दोहोर्याइने भएको हो ।

माओवादी केन्द्रीय सचिवालय बैठकमा कामको परफरमेन्सका आधारमा श्रेष्ठ नयाँ सरकारमा दोहोरिने भएका हुन् भने बस्नेत र शर्मा पनि दोहोरिने प्रस्ताव आएको माओवादी स्रोतले जानकारी दियो ।