१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९ मन्त्रालयको टुंगो, ६ बाँकी



अ+ अ-

काठमाडौँ । नयाँ बनेको सत्ता गठबन्धनले १९ मन्त्रालयको टुङ्गो लगाएको छ । जसअनुसार अब २ राज्यमन्त्रीसहित ६ मन्त्रालय टुंगो लाग्न भने बाँकी नै छ ।

चार दलीय गठबन्धनले नेकपा एमालेलाई ८, नेकपा माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४ र जसपालाई २ मन्त्रालय दिने निर्णय गरेको छ ।

हालसम्म माओवादीबाट अर्थमन्त्रीमा वर्षमान पुन र परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठको नाम तय भइसकेको छ । यस्तै, रास्वपाबाट गृहमा रवि लामिछाने, उपसभापति डीपी अर्यालले श्रममन्त्री, विराजभक्त श्रेष्ठले खेलकुदमन्त्री र सहमहामन्त्री सुमना श्रेष्ठले शिक्षामन्त्रीको जिम्मा पाउने भएका छन् ।

नेकपा एमालेले रघुवीर महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री बनाउने भएको छ । एमाले उनकै नेतृत्वमा नयाँ सरकारमा जाने बुझिएको छ ।

यस्तै, पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब एमालेले दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीलाई मन्त्री बनाउने भएको छ ।

जसपाले भने अझै मन्त्रीहरुको नाम तय गर्न सकेको छैन ।