१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले लिएको निर्णय दुई सय प्रतिशत सही छ : नेम्वाङ



अ+ अ-

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गर्नुभएको छ । 
     
सदरमुकाममा आज यहाँ आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उहाँले निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
    
“प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो ” नेता नेम्वाङले भन्नुभयो,“सर्वोच्च अदालतले यस बारेमा अन्तरीम आदेश नदिनु भनेको निर्वाचन सम्बन्धी काम गर्दै गर्नु भनेको हो । यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ ।” 
    
संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने गरेको दाबी उहाँको थियो । रासस