९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मन्त्रालय भागबन्डामा अहिलेसम्म सहमति भइसकेको छैन’



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धन बैठकमा पार्टीका तर्फबाट मन्त्री हुनेहरूको अहिलेसम्म टुंगो लगाउन सकेको छैन ।

सो पार्टीका अध्यक्ष उपेन्द्र यादव बालुवाटारमा बुधबार दिउँसो भएको गठबन्धन बैठकमा सहभागी थिए । अन्य दलहरूले मन्त्रालय र मन्त्री हुनेको नाम दिए पनि जसपाले भने नाम दिएको छैन ।

अध्यक्ष यादवले मन्त्रालय भागबण्डाबारे अहिलेसम्म कुनै पनि सहमति नभएको प्रस्ट पारेका छन् ।

८ बुँदे सहमतिबाहेक अहिलेसम्म कुनै सहमति नभएको उनको भनाई छ । गठबन्धन बैठक बसेर सहमति गरी अघि बढ्ने उनले बताए ।

गत सोमबार बनेको नयाँ गठबन्धनमा जसपा पनि सहभागी छ ।