२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको दौडधुपः लोसपा अध्यक्ष ठाकुरलाई भेट्दै



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेट गर्ने भएका छन् ।

बुधबार साँझ ४ बजे देउवा निवास बूढानीलकण्ठमा दुई नेताबीच भेट तय भएको लोसपाका एक नेताले जानकारी दिए ।

देउवाले आज नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वरमा भेटवार्ता गरेका थिए ।

नेपालसँगको भेटमा कांग्रेस नेता रमेश लेखक र देउवा पत्नि आरजु राणा पनि सहभागी थिए ।