२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको २४ औं वार्षिक साधारण सभा सम्पन्न

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको २४ औं वार्षिक साधारण सभा सम्पन्न
अ अ+ अ-

काठमाडौं ।  ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
 
अस्पतालले काठमाडौंको लाजिम्पाट स्थित साङ्ग्रिला होटलमा सम्पन्न साधारण सभाले आगामी कार्यकालका लागि नयाँ सञ्चालक समितिको गठन गरेको छ ।
 
नव नियुत्त सञ्चालकहरु मध्येवाट डा. आनन्द प्रसाद श्रेष्ठलाई ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको संचालक समितिको अध्यक्षमा सर्वसम्मतबाट चयन गरेको छ ।
 
त्यसैगरी अस्पतालका अन्य सञ्चालकहरुमा सरला रिजाल, शरदकान्त अधिकारी, टंक श्रेष्ठ, डा. हरि किशोर श्रेष्ठ, डा. राजेश किशोर श्रेष्ठ, डा.केशव प्रसाद सिंह, डा.गिसुप निख प्रसिको, डा.रिता सिंह हमाल, डा.सरोज सेढाँई  र डा.अनिश मुडभरी निर्वाचित हुनुभएको छ ।
 
नव निर्वाचित अध्यक्ष डा.आनन्द प्रसाद श्रेष्ठले निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्दै साभारण सभामा उपस्थित संचालक तथा शेयरधनी महानुभावहरुलाई धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।
 
सम्बोधनका क्रममा अध्यक्ष डा.श्रेष्ठले आफुले पाएको जिम्मेवारीलाई ध्यानमा राखेर अपतालमा संस्थागत सुशासन कायम गर्न सबैको साथ सहयोग अपरिहार्य रहेको जिकिर गर्नुभयो । चिकित्सक हरुको बाहुल्य रहेको बोर्डमा, बोर्डले समय सापेक्ष तथा बिश्वोस्तर मा अस्पताल संचालन गर्ने र उच्च स्तरिय उपचार सेवालाई  प्राथमिकता दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । आगामी दिनमा  दक्ष चिकित्सक, नर्सिङ स्टाफ र कर्मचारीहरुको साथमा अस्पताल नयाँ ढंगबाट अगाडि लैजाने र ॐ अस्पताललाई पूर्ववत नेपालको पहिलो रोजाइको उपचार सेवा प्रदायक बनाउने दृढता समेत ब्यक्त गर्नुभयो ।
 
उहाँले ॐ अस्पताल साथै विदेशवाट समेत रेफरल आउने देश भरका साना ठुला सबै स्वास्थ्य सेवा प्रदायकहरुको रोजाइको रेफरल सेन्टरको रुपमा परिचय बनाउन सफल भएकोमा अस्पतालका सम्पूर्ण डाक्टर, नर्सिङ स्टाफ तथा कर्मचारीहरुलाई धन्यवाद दिनुभयो ।
 
साधारण सभाकै सन्दर्भमा अस्पतालमा बिशेष योगदान पुर्याउने चिकित्सक, नर्सिङ स्टाफ तथा कर्मचारीहरुलाई उहाँहरुको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको थियो ।
 
कोरोनाको बिश्वब्यापी महामारी का समयमा आफ्नो जिउ ज्यानको पर्बाह नगरी अस्पतालको ड्युटीमा खटिने र बिरामी को सेवा मा अहोरात्र लागि पर्नुभएका तथा बर्षभरिको कार्यसम्पादन मुल्यांकनमा उत्कृष्ट ठहरिएका कर्मचारीहरु सम्मानित हुनेहरुमा ॐ हस्पिटलका मेडिकल कोअर्डिनेटर समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा.विश्वनाथ कोइराला, सघन उपचार विशेषज्ञ तथा आइसियु प्रमुख डा। प्रमेश सुन्दर श्रेष्ठ, सघन उपचार कक्षका जुनियर कन्सल्ट्यान्ट डा. बिपिन कार्की, अंकोलोजि वार्डकी नर्सिङ इन्चार्ज शुशिला कुँवर,  सघन उपचार विभागकी नर्सिङ इन्चार्ज सविना ढकाल,  इन्फेक्सन कन्ट्रोल नर्स निलम देवकोटा, हाउस किपिङकी सिनियर आया रस्मिला महर्जन, रिसेप्सनिष्ट रसिला तुलाधर, हुनुहुन्छ ।
 
 
तीन दशक अघिदेखी नेपालको निजीस्तरमा संचालित अग्रणी स्वास्थ्य सेवा प्रदायक संस्था ॐ अस्पतालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुर दराजका बिरामीकालागि समय समयमा दुर्गम जिल्लाहरुमा बिशेषज्ञ र औषधि सहितको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि बितरण शिविर लगायतका अन्य चेतनामूलक विभिन्न कार्यक्रमहरु समेत संचालन गर्दै आएको छ ।
 
पछिल्लो समयमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सेवा विभागसँगको सहकार्यमा मृगौला रोग लागि मृगौला कमजोर भएका विरामीहरुको निःशुल्क डायलाईसिस सेवा तथा क्यान्सरका विरामीहरुका लागि नेपाल सरकारले उपलब्ध गराएको एकलाख सहुलियत सहितको विशेष उपचार सेवा समेत प्रदान गरिरहेको छ । त्यसैगरी, सो एक लाख सहितको उपचार खर्च अपुग भएको अवस्थामा पनि अस्पतालले सरकारले तोकिएकै शुल्कमा सहुलियत उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।  जस अन्तर्गत क्यान्सरका बिरामीहरुले हरेक दिन मात्र दुइ सय रुपैयामा बेड पाउन सक्ने व्यवस्था रहेको छ।
 
७० बर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको सम्मानमा अस्पतालले उपचार शुल्कमा १० प्रतिशत छुटसमेत प्रदान गर्दै आइरहेको छ ।
 
कोभिड १९ कोरोना भाइरसको संक्रमणबाट उत्पन्न विश्वव्यापि महामारीका समयमा समेत अबिच्छिन्न रुपमा बिरामीको सेवा प्रदान गरेको ॐ अस्पतालले सयौको संख्यामा कोभिड(१९ बाट संक्रमित भएका बिरामीहरुलाई समेत उपचार प्रदान गरेको थियो ।