• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   सानीभेरीका युवा लेखा अधिकृत बमकाजी शेर्पाले चढे सगरमाथा (फोटो फिचर) ★   प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने ★   जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

नयाँ गठबन्धन प्रति चीनको यस्तो आयो प्रारम्भिक टिप्पणी



चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता माउ निङ। तस्बिर साभार: चिनियाँ परराष्ट्र मन्त्रालय

काठमाडौं । चीनले नेपालको पुनर्गठित मन्त्रिपरिषद्ले राजनीतिक स्थिरता, अर्थतन्त्रको विकास र जनजीवन सुधारका लागि विभिन्न पक्षसँग एकता र सहकार्य गरी अघि बढ्ने विश्वास लिएको जनाएको छ ।

चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा राखिएको जिज्ञासामा मन्त्रालयकी प्रवक्ता माउ निङले नेपालमा नयाँ सत्तारूढ गठबन्धन निर्माण गरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमाथि चीनले ध्यान दिएको बताउनु भयो । प्रवक्ता निङले राजनीतिक स्थायित्व, आर्थिक विकास र जनताको जीविकोपार्जनमा सुधार ल्याउन नेपालका सबै दलले एकताबद्ध भई सहकार्य गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो ‘नेपालमा नयाँ सत्तारूढ गठबन्धनको स्थापना गरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमाथि चीनले ध्यान दिएको छ। राजनीतिक स्थिरता, अर्थतन्त्रको विकास र जनजीवन सुधार गर्न नेपालका विभिन्न पक्षलाई एकता र सहकार्य गरेर नयाँ सरकारको गठन कार्य अगाडि बढाउने हार्दिक आशा छ।’

प्रवक्ता निङले मैत्रीपूर्ण छिमेकी र सहयोगात्मक साझेदारी भएकाका कारण पनि चीनले चीन-नेपाल सम्बन्धमाथि उच्च महत्त्व दिएको बताउनु भयो । उहाँले नेपालको नयाँ सरकारसँग शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको पालना गरी परम्परागत मित्रतालाई सबल पार्ने विश्वास व्यक्त गर्नुभयो ।

उनले भनिन्, ‘व्यावहारिक सहयोगलाई गहन पारी चीन र नेपालबीच विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको विकास गरेर दुई देशका जनतालाई अझ बढी फाइदा पुर्‍याउने इच्छा छ।’