२५ मंसिर २०८२, बिहीबार
,
Latest
प्रतिनिधिसभाका लागि काठमाडौ ८ बाट राजु खरेल सहित ६ सिफारिस सत्ता जोगाउन १० बुँदेको सम्झौताको नाटक मञ्चन गरियोः रविकिरण हमाल चलचित्र विकास बोर्डको अध्यक्ष योग्यताक्रमका आधारमा खुला प्रतिष्पर्धाबाट ल्याउने व्यवस्था गरौँः सञ्चारमन्त्री सोलुमा हिउँले ढाकेका भाग घट्दै भिजिट भिषा प्रकरण: सहसचिव तीर्थराज भट्टराई सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा महाधिवेशनपछि मेरो नेतृत्वमा एमाले राष्ट्रिय पुनर्जागरण अभियानमा अघि बढ्छः ओली एनपिएल क्वालिफायरः लुम्बिनीविरुद्ध टस जितेर विराटनगरले पहिला बलिङ गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्ससँग फाइनलमा पराजित भएपछि के भन्छन् नेपालका प्रशिक्षक ?



अ+ अ-

काठमाडौँ । मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको टी-२० सिरिजको फाइनल भिडन्तमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गर्‍यो ।

फाइनलमा पराजित भएपछि नेपालका प्रशिक्षक मोन्टी देसाइले योजना मैदानमा लागू गर्न नसकेकोले दबाबमा परेको बताएका छन् ।

मुख्य बलर अभिनास बोहराले राम्रो बलिङ गर्न नसकेको विषयमा देसाइले नामिबियासँग राम्रो खेलेकाले उनलाई टिममा मौका दिईएको बताए । उनले भने, ‘अब हामीलाई आफ्नो योजना मैदानमा लागू गर्न यो अनुभवले सहयोग गर्छ । हामीले नेदरल्यान्ड्ससँग राम्रै प्रतिस्पर्धा गर्‍यौं । नेदरल्यान्ड्स पनि ठूला टिमलाई हराएको टिम हो ।’

अब नेपालले आइसिसी विश्वकप २०२४ को तयारी स्वरूप हङकङमा त्रिकोणात्मक सिरिज खेल्दा आफ्नो ‘बेन्च बलियो’ बनाउन सजिलो हुने उनले बताए । विश्वकपअघि नेपालले भारतका दुई रणजी टिमसँग र ओमानमा एसिसी प्रिमियर कप खेल्ने भएकाले परीक्षण गर्न पर्याप्त समय भएको प्रशिक्षक देसाइ बताउँछन् ।

नेपालका कप्तान रोहित पौडेलले भने नेपालले आजको खेलमा १०-१५ रन कम भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘१०-१५ रन कम भयो । जुन हिसाबले राम्रो सुरू गरेका थियौं, तर हामीले लगातार विकेट गुमाउँदा २ सय रन बनाउन सकेनौं’।

उनले सिरिजमा पावर प्ले र डेथ ओभरमा नेपालले राम्रो बलिङ गर्न नसकेको बताउँदै यसबाट अनुभव मिलेको बताए ।