७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारमाणविक अनुसन्धान केन्द्र बन्दै, छवटा कम्पनीका आशयपत्र छानिए



अ+ अ-

काठमाडौँ  । मुलुकको पारमाणविक कार्यक्रमलाई अगाडि बढाउन छवटा कम्पनीका आशयपत्र छानिएका छन् । पारमाणविक अनुसन्धान केन्द्र निर्माणका लागि ती आशयपत्र छानिएको हो । पहिलो प्राथमिकतामा सूचीकृत र चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत समावेश गरिएकोे पारमाणविक अनुसन्धान केन्द्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कम्पनी छानेको हो । छानिएका कम्पनीका नाम पनि अहिले सार्वजनिक गरिएको छैन ।

मन्त्रालयका सहसचिव तथा मन्त्रालयअन्तर्गतको पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्रप्रसाद खनालले मुलुकमा रहेको सम्भावित पारमाणविक पदार्थ र सोसम्बन्धी प्रविधिको अध्ययन अनुसन्धान गर्न स्थापना गर्न लागिएको पारमाणविक अनुसन्धान केन्द्रको ‘डीपीआर’ निर्माण गर्न कम्पनी छनोट प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

डीपीआरका लागि कम्पनी छनोट गर्न आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट) माग्ने प्रक्रिया अगाडि बढेको बताउँदै महाशाखा प्रमुख खनालले भने, “आशयपत्र दिएकामध्ये छवटा कम्पनी सूचीकृत भएका छन् । सूचीकृत भएका ती कम्पनीबाट प्रस्तावका लागि बोलपत्रसमेत आह्वान भइसकेको छ ।” प्रस्ताव दिने म्याद फागुन १० गतेसम्म छ । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।