२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सले जित्यो त्रिकोणात्मक टी-२० शृङ्खला, नेपाल ४ विकेटले पराजित



अ+ अ-

काठमाडौं । नेदरल्यान्ड्सले त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधि जितेको छ ।

त्रिवि मैदानमा भएको फाइनल खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले उपाधि जितेको हो । नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो ।

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले अर्धशतक बनाए । उनले २९ बलमा ६ चौका र ३ छक्कासहित ५४ रन जोडे । साइब्रान्ड एंगलब्रेक्टले २९ बलमा ४ चौका र ३ छक्कासहित ४८ रन बनाए । म्याक्स ओ’डाउडले २२ रन बनाउदा विक्रमजित सिंहले २९रन बनाए । भान डर गुग्टेन २१ रनमा अविजित रहे।

नेपालको लागि कुशल मल्लले ४ विकेट लिए। यस्तै, दिपेन्द्र सिंह ऐरी र बोहराले एक एक विकेट लिए ।

त्यसअघि किर्तीपूरस्थित टियू मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाएको थियो।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक योगदान दिएका थिए । उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ४७ रन बनाए । दोस्रो विकेटका लागि आसिफ र कप्तान रोहित पौडेलले ५९ रनको साझेदारी गरे । रोहितले १९ बलमा ३ चौका र १ छक्कासहित २५ रन बनाएर आउट भए ।

गुलशन झाले २५ बलमा ३ छक्कासहित ३४ रन बनाए । कुशल मल्लले ११ बलमा ३ छक्कासहित २६ रन बनाउदा कुशल भुर्तेलले २० रन जोडे । सोमपाल कामी र प्रतिस जिसी ५ बलमा ६र ६ रन बनाउदै अविजित रहे ।

नेदरल्यान्ड्सका टिम भान डर गुटेन, फ्रेड क्लासेन, माइकल लेविट र साइब्रान्ड इंगलब्रेच्टले २र२ विकेट हात पारे।