९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नेदरल्यान्ड्सले जित्यो त्रिकोणात्मक टी-२० शृङ्खला, नेपाल ४ विकेटले पराजित

नेदरल्यान्ड्सले जित्यो त्रिकोणात्मक टी-२० शृङ्खला, नेपाल ४ विकेटले पराजित
अ अ+ अ-

काठमाडौं । नेदरल्यान्ड्सले त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधि जितेको छ ।

त्रिवि मैदानमा भएको फाइनल खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले उपाधि जितेको हो । नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो ।

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले अर्धशतक बनाए । उनले २९ बलमा ६ चौका र ३ छक्कासहित ५४ रन जोडे । साइब्रान्ड एंगलब्रेक्टले २९ बलमा ४ चौका र ३ छक्कासहित ४८ रन बनाए । म्याक्स ओ’डाउडले २२ रन बनाउदा विक्रमजित सिंहले २९रन बनाए । भान डर गुग्टेन २१ रनमा अविजित रहे।

नेपालको लागि कुशल मल्लले ४ विकेट लिए। यस्तै, दिपेन्द्र सिंह ऐरी र बोहराले एक एक विकेट लिए ।

त्यसअघि किर्तीपूरस्थित टियू मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाएको थियो।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक योगदान दिएका थिए । उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ४७ रन बनाए । दोस्रो विकेटका लागि आसिफ र कप्तान रोहित पौडेलले ५९ रनको साझेदारी गरे । रोहितले १९ बलमा ३ चौका र १ छक्कासहित २५ रन बनाएर आउट भए ।

गुलशन झाले २५ बलमा ३ छक्कासहित ३४ रन बनाए । कुशल मल्लले ११ बलमा ३ छक्कासहित २६ रन बनाउदा कुशल भुर्तेलले २० रन जोडे । सोमपाल कामी र प्रतिस जिसी ५ बलमा ६र ६ रन बनाउदै अविजित रहे ।

नेदरल्यान्ड्सका टिम भान डर गुटेन, फ्रेड क्लासेन, माइकल लेविट र साइब्रान्ड इंगलब्रेच्टले २र२ विकेट हात पारे।