७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिजनमै खाद्यसँग आवश्यकभन्दा कम खाद्यान्न मौज्दात



अ+ अ-

काठमाडौं । सरकारी खाद्य भण्डार खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग धान किन्ने मौसममै पनि आवश्यकताभन्दा कम खाद्यान्न मौज्दात रहेको छ । खाद्यले आफ्नो लक्ष्यअनुसार धान किन्न नसक्दा यस्तो अवस्था आएको हो । सरकारले भूकम्प, बाढीपहिरो, महामारीजस्ता विपद्का समयमा तत्काल आपूर्ति गर्न अनिवार्य रूपमा ३३ हजार मेट्रिक टन ९मेटन० खाद्यान्न मौज्दात राख्नुपर्ने हुन्छ ।

तर, खाद्यसँग चामल, गहुँ र अहिले किनिइरहेको धानसमेत गरी करीब ३० हजार मेटन मात्रै खाद्यान्न मौज्दात रहेको छ । खाद्यले आफ्नो लक्ष्यअनुसार धान किन्न नसक्दा आवश्यकताअनुसार खाद्यान्न मौज्दात हुन नसकेको हो । खाद्यले चालू आर्थिक वर्षका लागि कुल ६० हजार मेटन धान खरीदको लक्ष्य राखेर किन्ने कार्य शुरू गरेको भए पनि हालसम्म २४ हजार २ सय ७९ मेटन मात्रै धान किन्न सकेको छ ।

सरकारले न्यूनतम समर्थन मूल्य तोकेको भन्दा फरक जातका जिरा मसिनो, कतर्नी, बास्मती, रञ्जित, मार्सीलगायत धानसमेत खाद्यले किनिरहेको र कम्पनीले तोकेको मूल्यभन्दा स्थानीय व्यापारीहरूले तोकेको बजार मूल्य बढी हुँदा खाद्यले आफ्नो लक्ष्यअनुरूप धान किन्न नसकेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

खाद्य कम्पनीले देशभरका विभिन्न ११ स्थानबाट न्यूनतम समर्थन मूल्यमा धान किनिरहेको छ । सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल २ हजार ७ सय ३५ र मध्यम धानको मूल्य २ हजार ८ सय ८५ रुपैयाँ निर्धारण गरेको थियो । खाद्यले मकवानपुर धान प्रतिक्वीन्टल २८ सय २० रुपैयाँमा किसानहरूसँग किनिरहेको छ । आर्थिक अभियान दैनिकमा   प्रशान्त खड्काले लेखेका छन् ।