७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचारसंहिता छल्न प्रजिअको सरुवाको तयारीः प्रचण्ड–नेपाल निकटलाई फिर्ता बोलाइँदै



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि कामचालउन हैसियतमा रहेको सरकारले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहित ठूलो संख्यामा सहसचिव सरुवाको तयारी गरेको छ । निर्वाचन भए आफू अनुकूल कर्मचारी परिचालन गर्ने मनसायले सरकार कर्मचारी सरुवामा केन्द्रीत भएको हो ।

सरकारले अघिल्लो सातामात्रै १६ जना सचिवको सरुवा गरेको थियो । साढे चार वर्षे कार्यकालका सचिवलाई ८ पटकसम्म सरुवा गरिएपछि सरकारी निर्णयको आलोचना भएको थियो । निर्वाचन आयोगले आचार संहित जारी गरेपछि अप्ठ्यारो पर्ने भएकाले त्यसअगावै सरुवाको तयारी गरेको स्रोतको दाबी छ ।

यसअघि, सरुवा भएका पूर्वमाओवादीनिकट फिर्ता बोलाउने रणनीति गृह मन्त्रालयले बनाएको छ । गृहमन्त्री रामबहादुर थापा पूर्वमाओवादी भए पनि कतिपय प्रजिअ व्यक्तिगतरुपमा नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल निकट रहेकाले उनीहरुलाई फिर्ता बोलाउने तयारी गरेको स्रोतले बतायो ।

‘माओवादी निकट भए पनि पार्टी विभाजनपछि उनीहर गृहमन्त्री थापाकै लाइनमा नभएकाले सरुवा गर्न खोजिएको हो,’ स्रोतले भन्यो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव–सहसचिवहरु गृह लैजाने र गृहका केहीलाई अन्यत्र पठाउने योजना बनाइएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।