१७ भाद्र २०८३, बुधबार
,
Latest
पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको बलियो लक्ष्य



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितको लागि १८५ रनको लक्ष्य दिएको छ ।

किर्तीपूरस्थित टियू मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनायो।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक योगदान दिए । उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ४७ रन बनाए । दोस्रो विकेटका लागि आसिफ र कप्तान रोहित पौडेलले ५९ रनको साझेदारी गरे । रोहितले १९ बलमा ३ चौका र १ छक्कासहित २५ रन बनाएर आउट भए ।

गुलशन झाले २५ बलमा ३ छक्कासहित ३४ रन बनाए । कुशल मल्लले ११ बलमा ३ छक्कासहित २६ रन बनाउदा कुशल भुर्तेलले २० रन जोडे । एक समय १७ ओभरमा १५८/४ को स्थितिमा रहेको नेपाल लगातार विकेट गुमाउँदा १८.२ ओभरमा १६८-८ को स्थितिमा पुगेको थियो ।सोमपाल कामी र प्रतिस जिसी ५ बलमा ६/ ६ रन बनाउदै अविजित रहे ।

नेदरल्यान्ड्सका टिम भान डर गुटेन, फ्रेड क्लासेन, माइकल लेविट र साइब्रान्ड इंगलब्रेच्टले २/२ विकेट हात पारे।