२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकीय बजार चौबिसै घण्टा खोल्न प्रस्ताव



अ+ अ-

काठमाडौं । नेपाल  घुम्न  आउने पर्यटकका   लागि   चौबिसै   घण्टा   पर्यटकीय बजार खोल्नुपर्ने  नेपाल  पर्यटन  बोर्डले  प्रस्ताव अघिसारेको  छध्र  सीमित  अवधिका  लागि  मात्र बजार  खुला  गर्दा  त्यसले  पर्यटकीय  गतिविधि खुम्च्याउने भएकाले चौबिसै घण्टा खुला हुनुपर्ने बोर्डका कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बताए । 'राति  आठ  बजे  नै  होटलभित्र  प्रवेश गर्नुपरेपछि  पर्यटकले  नेपाल  कति  घुम्न  सक्छन् ?’  

उनले   भने,'अब   चौबिसै   घण्टा पर्यटकीय बजार खोलौँ । ’ कोरोना  सङ्क्रमणको  परिस्थितिमा  विगत एक  वर्षमा  बोर्डले  गरेका  काम  सार्वजनिक  गर्न बिहीबार  आयोजित  कार्यक्रममा  उनले  पर्यटक भित्र्याउन   क्वारेन्टिन बाधक भएको स्पष्ट पारे । परिस्थिति  सामान्य  भइसक्दा  पनि नेपालमा  अन्तर्राष्ट्रियको  उपस्थिति  शून्यजस्तै भएकाले  सरकारले  पर्यटक  भित्र्याउने  सहज बाटो खोलिदिनुपर्ने उनको भनाइ थियो ।

सामाजिक दूरी पालना गर्ने,मास्क लगाउनेजस्ता  नियमलाई  थाँती  नै  राखेर  पाँच दिन क्वारेन्टिन बस्नैपर्ने बाध्यता भने हटाउनुपर्ने उनले  बताए । विश्वका  विभिन्न  देशले विस्तारै  अन्तर्राष्ट्रिय  पर्यटकका  लागि  खुला गरेको  अवस्थामा  नेपाल  अब  पछाडि  पर्न  नहुने उनको  भनाइ  थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।