१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीहरुको शपथ



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपतिले नेपालको संविधानका धारा, ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मन्त्रीमा नियुक्त हुनुभएका तीनजनालाई राष्ट्रपति कार्यालय शीलत निवासमा आज आयोजित विशेष समारोहमा सोही संविधानको धारा, ८० अनुसार पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पदम गिरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डोलप्रसाद अर्यालले शपथ लिनुभएको हो । उहाँहरुको कार्यभार तोकिएको छैन । राष्ट्रपति कार्यालयका अनुसार उहाँहरुको कार्यभार पछि तोकिनेछ ।

प्रधानमन्त्रीको सिफारिसमा आज गठन भएको मन्त्रिपरिषद् र त्यसको कार्यविभाजनअनुसार प्रधानमन्त्री दाहालले नै अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कानुन न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, खानेपानी, गृह, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायातलगायत नेपाल सरकार सबै मन्त्रालयको कार्यभार सम्हाल्नुहुनेछ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।




भर्खरै