१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिक्रियाबादीहरुले आफूलाई उपयोग गर्न खोजे लात्ताले हानेर निस्कन्छु: प्रधानमन्त्री दाहाल



अ+ अ-

काठमाडौं: प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियाबादीहरुले आफूलाई उपयोग गर्न खोजे लात्ताले हानेर निस्कने विवादास्पद अभिव्यक्ति दिनुभएको छ ।

‘शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रमलाई राजधानीमा आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, प्रतिक्रियावादीहरुले दुरुपयोग गर्न खोजे म लात्ताले हानेर हिँड्ने व्यक्ति हुँ ।

निकै आक्रामक रुपमा सम्बोधन गर्नुभएका दाहालले आफूलाई पटकपटक घेराबन्दी गर्ने प्रयास भएको र त्यसलाई भत्काउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, म नमर्दासम्म देशमा उथलपुथल भइ नै राख्छ । मलाई प्रतिक्रियावादी शक्तिहरुबाट घेरा हालेर सिध्याउने धेरै प्रयासहरु भए । घेरा तोड्दै आएका छौं, तोड्छौं । त्यसैले हामी क्रान्तिकारी शक्तिहरु एकै ठाउँमा आउने बाटो खोजौं ।’

दाहालले आफूमाथि अस्थिर चरित्रको भनेर आरोप लगाइने गरेको बताउँदै आफू देश र जनताप्रति मात्र इमान्दार रहने स्पष्ट गर्नुभयो । अध्यक्ष दाहालले आफू निरन्तरतामा क्रमभंगता गर्ने व्यक्ति भएको दाबी पनि गर्नुभयो । उहाँले भन्नुभयो, माओवाााााादीको सिद्धान्त र व्यवहार जमेको पोखरी होइन, गडगडाउने खोला हो ।

आफू निरन्तरताका क्रमभंगता गर्ने व्यक्ति भएको उल्लेख गर्दै बेलाबेलामा नयाँनयाँ परिस्थिति सृजना गर्ने उहाँले बताउनुभयो । उहाँले आफू नमर्दासम्म मुलुकमा उथलपुथल हुने बताउँदै आफू नेपाली जनता र नेपाल राष्ट्रको मात्र घोडा भएको बताउनुभयो ।




भर्खरै