११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रबाट १२३ जनाको हवाई उद्धार रसुवा बाढीः हालसम्म १६५ जनाको मृत्यु, ८२६ अझै बेपत्ता त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘केटी हराएको सूचना’मा सृष्टीसँग जोडी बाँध्दै नाजिर



अ+ अ-

काठमाडौँ : अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् ।

नाजिरले अब नयाँ फिल्ममा अभिनय गर्ने भएका छन् । सोमबार लिएर स्कृपट पूजा गर्दे नयाँ फिल्म ‘केटी हराएको सूचना’ घोषणा गरिएको हो ।

यस फिल्ममा नाजिरसँगै अभिनेत्री सृष्टी श्रेष्ठ मुख्य भूमिकामा रहने छन् । उनीहरूले पहिलो पटक जोडी बनेर सहकार्य गर्न लागेका हुन् ।

ट्राइसिटि पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो फिल्ममा दिपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको छ । गौचनले यस अघि चर्चित टेलीसिरियल ‘उजेली’ निर्देशन गरेका थिए ।

‘केटी हराएको सूचना’मा नकिम उद्दिमको लगानी रहेको छ ।अम्बर महर्जन छायाँकार रहेको फिल्मको बिहीबार देखि काठमाडौँ र जनकपुरमा गरिने निर्माण पक्षले जनकारी दिएको छ ।

अभिनेता नाजिरको यति बेला हलहरूमा फिल्म अगस्त्य च्याप्टर १ प्रदर्शनरत छ । यो फिल्मबाट उनको तारिफ भइरहेको छ ।

दर्शकहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ फिल्मले नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन् । जसबाट नाजिर निकै उत्साहित देखिन्छन् ।