१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अम्बानीको ‘प्रि–वेडिङ’ समारोहमा बलिउडका तीन खानले एकसाथ नाचे



अ+ अ-

एजेन्सी । भारतका अर्बपति व्यवसायी मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहमा जारी रहेको छ।

जोडीले जुलाईमा मुम्बईमा विवाह गर्नेछन्, तर हाल जामनगरमा तीन दिनको समारोह चलिरहेको छ । उत्सवमा बलिउड, व्यापारिक नेताहरू, भारतीय क्रिकेटरहरू, राजनीतिज्ञहरू पनि आमन्त्रित थिए ।

तीनदिने सेरोमनिको दोस्रो दिन संगीत समारोहमा बलिउडका खान शाहरुख खान, सलमान खान र आमिर खानले एकसाथ मञ्चमा नाचेका थिए । उनीहरुको उक्त भिडियो अहिले भाइरल भइरहेको छ ।

तीनै जनाले ‘नातु नातु’ को तालमा डान्स फ्लोरमा आगो लगाएका थिए। परम्परागत कुर्तामा देखिएका खानहरूले आफ्ना उत्कृष्ट नृत्यद्वारा भीडलाई मंत्रमुग्ध पारे । सलमान खान र शाहरुख खानले कालो कुर्ता र पठानी सलवार लगाएका थिए भने आमिर खानले सेतो प्यान्ट र कालो जुत्तामा हरियो कुर्ता लगाएका थिए । उनीहरुले ‘छैय्या छैय्या’, ‘जीने के हैं चार दिन’, र ‘मस्ती की’ लगायतका आफ्नै हिट गीतहरूमा नाचेका थिए ।

सोहि दिन जान्हवी कपूर, अनन्या पाण्डे, खुशी कपूर, र सारा अली खानका साथै पावर जोडी रणवीर सिंह र दीपिका पादुकोणले पनि मनमोहक प्रदर्शन गरेका थिए ।

पहिलो दिन रिहानाले प्रस्तुति दिएकी थिइन् । रिहानाले आफ्ना चर्चित गीतहरू– वाइल्ड थिंग्स, पोर इट अप, डायमन्ड्सजस्ता गीतहरू प्रस्तुत गरेकी थिइन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले कार्यक्रममा प्रस्तुति दिनका लागि करिब ५४ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी थिइन् ।