१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिमा फेरबदल आए पनि मिसन ८४ छोड्दैनौँ: ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा जेसुकै परिवर्तन भएपनि मिसन ८४ नछाड्ने बताएका छन् ।

सोमबार पार्टी निकट मजदुरहरुको संगठन जिफन्टको कार्यक्रममा बोल्दै ओलीले देशमा परिवर्तन आवश्यक रहेको बताए ।

आज देशको परिस्थिति छिटो छिटो हिँड्न खोजेको बताउँदै ओलीले भने, ‘‘यहाँहरुलाई थाहा छ आज देशको परिस्थिति । आजको दिन चाहिँ आज अलिक छिटो छिटो हिँड्न खोजेको जस्तो लागिरहेको छ । देशको परिस्थिति छिटो छिटो हिँड्न खोजेर ढिला भयो । देशमा परिवर्तन आवश्यक छ, हुन्छ । जेसुकै परिवर्तन भएपछि हामी मिसना ०८४ छाड्दैनौं । हामी एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्य हो ।’

सत्ता समीकरणमा भएको फेरबदलले देश भत्ताभुंग अवस्थाबाट सकारात्मक अवस्थातिर फर्किने बताउदै ओलीले भने, ‘जे होस् आंशिक ढंगले देशको भताभुंग बिग्रिएको अवस्था छ । त्यस अवस्थाबाट सकारात्मक बाटोमा फर्किन्छ भन्ने विश्वास व्यक्ति गरेको छु । आज केही परिवर्तन हुन्छ।’