९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवी प्याकुरेलको कविता : हामी भेडाहरु



अ+ अ-

हार्दिक श्रद्धाञ्जली 
बाट
हिजो आजको
हाम्रो बिहानी शुरु हुन्छ ।
अनि एकै छिनमा हार्दिक बधाई, शुभकामना ।
अनि फेरी 
समापन हुन्छ चिर्यसबाट ।

एकै दिन एउटै मान्छे अनेक भईदिन्छ ।
एउटाले शुभकामना र बधाई दिन्छ ।
हामी भेडाहरु शुभकामना दिन्छौ ।
बधाई दिन्छौ, हो हो भन्छौ,
होईन होईन भन्छौ ।
बाबुको मृत्यु छोराले भन्दा पहिले 
पार्टीले थाहा पाउछ
अनि आफ्नो असल कार्यकर्ता घोषणा गर्छ
र 
श्रद्धाञ्जली लेख्छ, हामी त्यै लेखिदिन्छौं
हामी भेडाहरु मलामी जादैनौ ।

के हामी कसैले मर्नु पर्दैन ?
के एउटा भेडा भिरबाट हाम फाल्दा
हामी सबै भिरबाटै खस्ने नै हो ?
हामी मान्छे नै हौ र ?
हामी बर्तबन्धलाई भुल्दैछौं ।
हामी न्वरानलाई हेला गर्दैछौ ।
भुमीपुजा छोडीदिऔं ।
हामी
आजका हामी
हामी गाई बेचेर
दुध किन्छौं
मकै बेचेर
पप कोर्न खान्छौ
कागती,भकिम्लो,टिमुर अमला मासेर
गमलामा बुके उर्मादैछौ ।

बरु 
भिर पाखाका भेडाहरु
अझै तितेपाती खादैछन,हर्रो बर्रो चिन्दैछन
घोप्टे युगका कोठे मान्छे साच्चै हामी भेडा हौं ।
र 
कमसेकम भेडाहरुले 
आफनै गोठालालाई
बिहान जिन्दावाद 
अनि
साँझ मुर्दावाद त भन्दैनन ।