१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रोपटक सर्किट लागेसँगै सेयर बजार बन्द



अ+ अ-

काठमाडौँ । नेप्से परिसूचकमा तेस्रो सर्किट भएसँगै सेयर बजार बन्द भएको छ । सोमबार नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आज दिनभरीका लागि कारोबार बन्द भएको हो ।

१९७६ अंकबाट शुरु भएको नेप्से १२:०४ बजेसम्म ११७ अंकले बढ्दै २०७८ अंकमा उक्लिएको छ ।

प्रि–ओपनिङको समयमा १५ अंकले बढेको बजार तीन मिनेटमा नै पहिलो सर्किट लागेको थियो । त्यसपछि २० मिनेटपछि खुलेको बजार पुन: ४ प्रतिशतमाथिले बढ्दै दोस्रो पटक सर्किट लागेर बन्द भएको थियो । यसलगत्तै खुलेको बजार एक मिनेट पनि नटिक्दै तेस्रो पटक सर्किट लागेर बन्द भएको हो ।

सेयर बजारमा आज ३ अर्ब ७५ करोड २० लाख ९९ हजार रुपैयाँ बराबरको ९ लाख ३४ हजार ९१९ कित्ता किनबेच भएको छ । २३२ कम्पनीको सेयर कारोबार भएको आज दुईवटा कम्पनी बाहेक बाँकी २३० वटा कम्पनीको सेयर मूल्य बढेको छ ।