१९ पुष २०८१, शुक्रबार
,
Latest
एकैदिन दुई हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने प्रचण्डलक्षित अर्जुननरसिंह केसीको टिप्पणीः ओठे भक्तिको प्रदर्शनले देश बन्दैन प्रचण्डलाई महेश बर्तौलाको आग्रहः समाज विभाजित गर्ने अभिव्यक्ति नदिनुहोला गाउँभरि केराखेती, बजारको अभाव सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक हौँः अध्यक्ष दाहाल मंसिरमा २९६८ सवारी दुर्घटना, सबैभन्दा धेरै मोटरसाइकल, २५२ जनाको मृत्यु ! बझाङमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धन भत्कियो, एमालेका पदम गिरी सरकारमा जाने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितका दलको सत्ता गठबन्धन भत्किएको छ । योसँगै अब प्रधानमन्त्री दाहालले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा अब एमालेसहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । यसबारे ती दलका शीर्ष नेताहरुबीच सहमति भइसकेको छ । यसबाहेकका दलहरुसँग पनि प्रधानमन्त्रीले कुरा गरिरहेका छन् ।

गएरातिसम्म चलेको बैठकमा जुटेको सहमति अनुसार माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य तोड्ने भएको हो । यद्यपि एकपटक प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवासँग आज कुरा गर्दैछन् । तर गएरातिको सहमतिबाट दाहाल पछि नफर्कने अडानमा छन् ।

पुरानै गठबन्धन फर्काउने सहमति राति जुटेछि अहिले बालकोटमा एमाले र बालुवाटारमा माओवादी केन्द्रको सचिवालय बैठक बसिरहेको छ ।

 

एमालेबाट आजै पदम गिरी सरकारमा जाने

कांग्रेससहितको सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने निश्चित भएको छ । ओली निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए ।

दाहाल नेतृत्वको सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने भएका छन् ।