१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरापमा परेको सत्ता गठबन्धनको बैठक स्थगित, पुस १० मा फर्कने प्रयास



file photo
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच उत्पन्न विश्वासको संकटका कारण धरापमा परेको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै बोलाइएको बैठक स्थगित गरिएको हो ।
बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयकसम्बन्धी प्रतिवेदनमाथि छलफल गर्ने भनिएको थियो । तर राजनीतिक तरलताको अवस्था सिर्जना भएपछि यो विषय पुन: ओझेलमा पर्ने भएको छ ।

बाल्कोटमा एमालेको बैठक

यसैबीच नेकपा एमाले सचिवालयको बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसिरहेका छ । हिजो साँझ दुई पटक प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेर नयाँ सत्ता समीकरणबारे छलफल गरेका ओलीले आज सचिवालय बैठक बोलाएका हुन् । बैठकमा नयाँ राजनीतिक परिस्थितिका विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच हिजो पुस १० गतेकै अवस्थामा फर्कने सहमति भएको बताइएको छ । यसको अर्थ एमाले र माओवादी केन्द्रसहितका दलको सरकार गठन हुने छ । पुस १० गते अघि पनि एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको दलका सरकार थियो ।