१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

दक्षिण एसियाली मुलुकभन्दा नेपालमा बहिरोपनको समस्या धेरै

दक्षिण एसियाली मुलुकभन्दा नेपालमा बहिरोपनको समस्या धेरै
अ अ+ अ-

काठमाडौँ । दक्षिण एसियाली मुलुकभन्दा नेपाल सबैभन्दा बढी बहिरोपन (कान सुन्ने क्षमता कम)को समस्यामा रहेको पाइएको छ । विश्व श्रवण दिवसको अवसरमा आज यहाँ सोसाइटी अफ ओटोलारिङ्गोलोजिस्ट्स् अफ नेपाल (सोल नेपाल) ले आयोजना गरेको कार्यक्रममा वीर अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा डा दीपेन्द्र श्रेष्ठले दक्षिण एसियाली मुलुकमा सबैभन्दा बढी नेपालमा बहिरोपनको समस्या रहेको बताउनुभयो ।

“नेपाल दक्षिण एसियामै सबैभन्दा बढी बहिरोपन समस्या भएको देश हो”, उहाँले भन्नुभयो, “भुटान र अफगानिस्तान भन्दा पनि हामीमा बहिरोपनको समस्या धेरै छ ।” डा श्रेष्ठका अनुसार नेपालमा करिब १५.५ प्रतिशत मानिसमा बहिरोपनको समस्या छ । पैँतिस डेसिवल भन्दा कम सुन्ने मानिसलाई बहिरोपन भएको भनिन्छ । नेपालमा हुने अपाङ्गतामध्ये सबैभन्दा बढी बहिरोपनका रहेका उहाँको भनाइ छ । विश्वमा करिब ४६ करोड मानिस बहिरोपनको समस्यामा छन् ।

बहिरोपन हुनुका कारण

गर्भमा रहेको बेला आमालाई कुनै कडा खालको रोग लाग्नु, जन्मदा कम तौलको बच्चा जन्मनु वा जन्मदा नरुने बच्चामा बहिरोपनको समस्या देखा पर्ने चिकित्सक बताउँछन् । समय नपुगेर जन्मिएका बच्चामा, जन्मिदा कमलपित्त भएका वा जन्मिदै बहिरोपनको समस्या पनि देखिने वीर अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा डा श्रेष्ठले बताउनुभयो ।

बच्चालाई जन्मिदै सघन उपचार कक्ष (आइसियु) वा भेन्टिलेटरमा राखेर कुनै उपचार गर्नुपरेमा कान पाक्ने, कानको जालीमा पानी जम्ने वा पिप आउनेलगायत समस्या आउने सम्भावना भएर बहिरोपन हुन सक्ने उहाँको भनाइ छ ।

क्यान्सर, क्षयरोगको औषधि प्रयोग गर्दा पनि कानमा असर गर्दछ । ती औषधि खाँदा पनि कान सुन्ने क्षमता हस आउँछ ।

अहिले ध्वनी प्रदूषणको कारणले पनि बहिरोपनको समस्या हुने गरेको त्रिवि शिक्षण अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा योगेश न्यौपानेले बताउनुभयो । उहाँले कानमा प्रयोग गरिने एयरफोन श्रवण शक्तिका लागि धेरै घातक रहेको बताउनुभयो ।

ठूलोठूलो आवाजमा काम गर्ने, लामो समयसम्म गीत ठूलो आवाजमा सुन्ने, धेरै समयसम्म कानमा इयरफोन राख्ने, मोबाइलमा धेरैबेर कुरा गर्नेलगायत कारणले पनि बहिरोपनको समस्या हुने गरेको छ ।

वरिष्ठ नाक, नाक, घाँटी रोग विशेषज्ञ प्रा डा श्रेष्ठले सन् २०१८ मा गरिएको अध्ययनमा धेरै हल्ला हुने ठाउँ कलङ्की, रत्नपार्कमा बहिरोपनको समस्या देखिएको बताउनुभयो । ती ठाउँमा लामो समयसम्म बस्ने मानिसमा बहिरोपनको समस्या देखिएको थियो ।

बहिरोपनबाट बच्ने उपाय

“कुनै पनि सङ्क्रमणबाट कानलाई बचाउनुपर्दछ । कान पाकिहाले नजिकैको चिकित्सकसँग सल्लाह लिनुपर्दछ । ।कानलाई चोटपटकबाट बचाउनुपर्छ । कान कोट्याउँदा कानको जालीमा असर पर्छ र जाली फुटने सम्भावना हुन्छ । त्यसैले कान कोट्याउनु हँुदैन भन्ने कुरा जनमानसमा सिकाउनुपर्छ”, डा न्यौपानेले भन्नुभयो ।

बच्चामा सुनाइसम्बन्धी शङ्का लागेमा नजिकैको चिकित्सकको सल्लाह लिनुपर्ने उहाँले सुझाव दिनुभयो । कानमा तेल अथवा अरु कुनै पनि झोल पदार्थ हाल्न नहुने, गर्भवती भएको पहिलो तीन महिनासम्म आफुखुसी औषधिको सेवन गर्न नहुने र गर्नेपरेमा चिकित्सकको सल्लाह लिनुपर्ने, गर्भवती आमाले जाँडरक्सी र चुरोट सेवन नगर्नेलगायत उपाय अपनाउँदा बच्चामा कानसम्बन्धी समस्याको जोखिम कम हुने उहाँले बताउनुभयो ।

सर्वसाधारणको जमघट हुने स्थानमा चर्को ध्वनी उत्पन्न हुने उपकरणको प्रयोग नगर्ने, गाडीको हर्न निषेध गरिएका ठाउँमा चर्को हर्न नबजाउने, मोबाइल वा हेडफोन धेरै समयसम्म प्रयोग नगर्ने, कलकारखानामा काम गर्ने व्यक्तिले इएर प्लगको प्रयोग गरी कानलाई चर्को ध्वनीबाट बचाउनेलगायत उपाय अपनाउन सकिने चिकित्सकको भनाइ छ । रासस