२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्स र नामिबियाबीचको खेल वर्षाको कारण अवरुद्ध



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाको कारण अवरुद्ध भएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा खेल रोकिएको छ ।

अहिले मैदानमा वर्षा भईरहेको छ । मैदान रेन कभरले ढाकिएको छ ।

भारी वर्षा हुँदा खेल प्रभावित भई रद्द भएमा नेदरल्यान्ड्स फाइनलमा पुग्नेछ । नामिबिया फाइनलमा पुग्न नेदरल्यान्ड्समाथि विशाल जित निकाल्नुपर्ने हुन्छ ।

शनिबार भएको खेलमा नेदरल्याण्ड्सलाई ६ विकेटले हराउदै नेपाल भने फाइनल पुगिसकेको छ । चार खेलमा दुई खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो ।

फाइनल खेल मंगलबार हुनेछ ।