१७ भाद्र २०८३, बुधबार
,
Latest
पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियाविरुद्ध नेदरल्याण्ड्सले टस जित्यो, पहिला फिल्डिङ गर्ने



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल प्रवेशका लागि नेदरल्याण्ड्स र नामिबियाले प्रतिष्प्रर्धा गर्दैछन् । यसैबिच नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर नेदरल्याण्ड्सका कप्तानले पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

आजको खेलले फाइनल प्रवेश गर्ने टोलीको टुंगो लाग्नेछ । शनिबार भएको खेलमा नेदरल्याण्ड्सलाई ६ विकेटले हराउदै नेपाल फाइनल पुगिसकेको छ । चार खेलमा दुई खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । नेपाल र नेदरल्याण्ड्सको समान ४-४ अंक छ ।

नेदरल्याण्ड्स तीन खेलमा दुई जित र एक हारसहित अंक तालिकाको शिर्ष स्थानमा छ । दुई खेलमा हार र एक खेल जितेको नामिबिया नेदरल्याण्ड्सलाई भारी अन्तरले पराजित गर्दै फाईनल खेल्ने सोचमा हुनेछ ।

फाइनल खेल मंगलबार हुनेछ ।