२७ श्रावण २०८३, बुधबार
,
Latest
गण्डकीका १६ कानुनी तथा प्रशासनिक गाँठो फुकाउन सङ्घको ध्यानाकर्षण गराइने स्याङ्जाको चापाकोटमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते जबरजस्ती करणीको आरोपमा स्याङ्जामा २१ वर्षीय युवक पक्राउ भोजपुरमा रु. ९ करोड ८८ लाखको कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण हुने जलवायु कार्यमा युवाको सक्रियता, काठमाडौंमा लोकल कन्फरेन्स अफ युथ हुँदै भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो ‘गथांमुगः चःह्रे’ पर्व (फाेटाे फिचर) अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले कोलम्बिया भूकम्पः मृतकको सङ्ख्या १८८ पुग्यो, उद्धार र राहत कार्य जारी इरानको नाकाबन्दी उल्लंघन गरेको आरोपमा अमेरिकी सेनाद्वारा पानामाको मालवाहक जहाजमाथि कारबाही लिबियाको जाविया तेल प्रशोधन केन्द्रमा आक्रमण, इन्धन ट्याङ्कीमा भीषण आगलागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङमा हुने टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा



अ+ अ-

काठमाडौं । हङकङमा हुनलागेको त्रिदेशीय टी–२० सिरिजको लागि नेपाली टोलीको घोषणा भएको छ ।

फागुन २६ देखि ३० गतेसम्म हुन लागेको सिरिजमा नेपालसँगै आयोजक टीम हङकङ र पपुवा न्युगिनिले खेल्नेछन् ।

प्रतियोगिताको लागि क्यानले रोहित पौडेलको कप्तानीमा १४ जनाको टोली घोषणा गरेको छ । प्रतियोगिताको लागि केही मुख्य खेलाडीलाई विश्राम दिएर युवा खेलाडीलाई अवसर दिइएको छ । दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सोमपाल कामीलाई टोलीमा समावेश गरिएको छैन ।

टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीप जोरा,आरिफ शेख, विवेक यादव,रसिद खान, करन केसी, सागर ढकाल, प्रतिश जिसी, लोकश बम, आकाश चन्द, अभिनाश बोहेरा समावेश छन् ।