२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहालले देउवासँग परामर्शपछि निर्णय लिने



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मन्त्री हेरफेर र संसद्मा दिने जवाफका विषयमा छलफल गर्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विवादित तीन मन्त्रीको राजीनामा मागसहित सरकारको जवाफ माग गरिरहेको छ ।

सभामुख देवराज घिमिरेले सरकारलाई संसद्मा उठेका प्रश्नको जवाफ भोलिको बैठक दिन यसअघि नै निर्देशन दिइसकेका छन् । त्यही कारण प्रधानमन्त्री दाहालले आज कांग्रेस सभापति देउवासँग छलफल गर्न लागेका हुन् । देउवासँग मन्त्रिपरिषद्का केही सदस्यको मात्र हेरफेर गर्ने कि पुरै सेट नै भन्नेबारे छलफल गर्ने तयारी प्रधानमन्त्रीको छ ।

प्रधानमन्त्री दाहालले देउवाका अडानका कारण अर्थ, उद्योग र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको अडानका कारण भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई हटाउन सकेका छैनन् । त्यसैगरी टेरामक्स खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनीको जग्ग्गा भाडामा दिने विवादास्पद निर्णय गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पनि परिवर्तन गर्ने तयारी दाहालले गरेका छन् ।

नेपाली कांग्रेसका सभापति देउवाले अहिले मन्त्रिपरिषद्का सदस्य परिवर्तन गर्न चाहेका छैनन् । उनले दुई वर्षका लागि मन्त्री बनाएकाले हटाइहाल्दा पार्टीभित्र नकारात्मक सन्देश जाने मात्र नभएर त्यसपछि मन्त्री बनाउँदा पनि विरोधको सामना गर्नुपर्ने जोखिम देखेका छन् । तर प्रधानमन्त्री दाहाल दुई महिनायता नै केही मन्त्री हटाउन खोजिरहेका छन् ।

प्रधानमन्त्री दाहालले आज देउवासँग छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि परामर्श गर्ने तयारी गरेका छन् । देउवा र नेपालसँग एक्लाएक्लै परामर्शपछि साँझसम्म गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बोलाउने तयारी प्रधानमन्त्रीको छ । संसद्मा विपक्षीले उठाएका प्रश्नको जवाफ दिन पनि उनले आज दिनभर छलफल गरेर एउटा निर्णयमा पुग्ने दाबी स्रोतको छ ।